जापानले सहमतिय यौन सम्बन्धको सीमा १६ वर्ष पुर्‍यायो, बलात्कार हदम्याद १५ वर्ष कायम

साझासवाल
1 Min Read

असार १, काठमाडौँ | जापानले सहमतिय यौन सम्बन्धको उमेर १३ वर्षबाट बढाएर १६ वर्ष पुर्‍याएको छ । आज जापानको माथिल्लो सदनबाट पारित भएको कानून ११६ वर्ष पछि फेरिएको हो ।

सहमतिय यौन सम्बन्धको कानुनी मान्यता प्राप्त उमेर १३ वर्ष सन् १९०७ मा बनाइएको बीबीसीले उल्लेख गरेको छ । यद्यपी १३ र १५ वर्ष बिचमा हुने यौन सम्बन्धमा पाँच वर्षको उमेर फरक भएमा मात्रै कारबाही हुने व्यवस्था कानूनमा भएको बीबीसीले उल्लेख गरेको छ ।

यस्तै जापानले बलात्कारको उजुरीको हदम्याद १० वर्षबाट बढाएर १५ वर्ष पुर्‍याएको छ । सन २०१९ मा धेरै बलात्कार ओरोपीहरुले कानुनी छुटकारा पाएसँगै जापानमा कानून परिवर्तनका मागहरु व्यापक आएका थिए ।

त्यहि मागलाई सम्बोधन गर्दै जापानले नयाँ कानून बनाएको हो । जापानमा महिला हिंसाका घटनाहरु ज्यादै कम रिपोर्ट हुने देखिएको छ । सन २०२१ मा जापान सरकारले गरेका एक सर्वेक्षण अनुसार ६ प्रतिशत जापानी महिलाले मात्रै रिपोर्ट गर्ने देखिएको बीबीसीले उल्लेख गरेको छ । आज जापानले बनाएको नयाँ कानून आधा मात्रै सुधार भएको अभियानकर्मीहरुले बीबीसीलाई प्रतिक्रिया दिएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply