बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक: अध्यक्ष नेपाल

साझासवाल
2 Min Read

असार २, काठमाडौं | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताउनुभएको छ ।

पार्टी  निकट गोरखा काठमाडौं–सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ गर्दै अध्यक्ष नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम गरी जनताको लामो सङ्घर्षबाट प्राप्त भएको अहिलेको संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्न मोर्चाको आवश्यकता रहेको बताउनुभयो ।

वि.सं. २०४६ को आन्दोलनमा पनि वामपन्थीको मोर्चा बनाएर राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताउँदै उहाँले देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न तेस्रो शक्तिका रूपमा मोर्चालाई स्थापित गराइने बताउनुभयो ।

अध्यक्ष नेपालले शोषण, दमन, उत्पीडन, भेदभावविरुद्धका मुद्दामा समाजलाई सही दिशानिर्देश गर्न, कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन निर्माण गरिएको मोर्चा छिट्टै घोषणा हुने जानकारी दिँदै कुनै पनि पार्टीलाई मोर्चामा विलय गराउने उद्देश्य नभएको प्रष्ट पार्नुभयो ।

अहिले मौलाइरहेको भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उहाँले त्यसका लागि स्वच्छ छवि भएका निष्कलङ्क व्यक्ति राजनीतिप्रति आकर्षित हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले तत्कालीन एमालेका नवौँ महाधिवेशनमा सुखी नेपाली र समृद्ध नेपाल भन्ने नारा आफूले अगाडि सारेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेकाले राष्ट्रिय राजनीतिमा नेकपा (एकीकृत समाजवादी)को भूमिका बढ्दै गएको उहाँको भनाइ थियो । पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले समाजवाद हासिल गर्न विकास, समृद्धि सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको खाँचो हुने बताउनुभयो ।

Share This Article
Leave a Comment

Leave a Reply