Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली बालिकाको भिडियो सेयर गर्दै मिसेल ओबामाले भनिन्- उनको कथाबाट उत्प्रेरित छु

२०८०, ४ असार सोमबार ११:३८

असार ४, काठमाडौँ | अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामा परोपकारी कार्यका कारण विश्वभर चर्चित छिन् । पडकास्टमार्फत युवापुस्तालाई प्रेरणा दिनेदेखि ओबामा फाउण्डेसनबाट शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणमा उनको सक्रियता लोभलाग्दो छ । पति बाराक ओबामा ह्वाइट हाउसमा हुँदादेखि नै उनी कल्याणकारी कार्यमा सक्रिय छिन् ।

‘वर्ल्ड फादर्स डे’को अवसरमा एक भिडियो सेयर गर्दै उनले एक नेपाली बालिकाको शिक्षामा सघाउने वचन दिएकी छन् । देछेन नामक ती नेपाली बालिकाको उक्त भिडियो सेयर गर्दै उनी लेख्छिन्, ‘म देछेनबाट उनको बुबाले केटीलाई शिक्षा दिने कामको कथाबारे उत्प्रेरित छु । द स्मल वल्र्ड नेपालको यस्तो संस्था हो, जुन गल्र्स अलायन्सको हिस्सा पनि हो । म आशा गर्दछु कि तपाईंले संसारभरका यस्ता संस्थाहरूलाई समर्थन गर्नुहुनेछ ।’

उनले किशोरीलाई सशक्त तुल्याउने कुरामा शिक्षाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उक्त संस्थालाई आर्थिक रुपमा सघाउन ‘गो फन्ड मी’को लिंक पनि सेयर गरेकी छन् । यो गल्र्स अलायन्स ओबामा फाउण्डेसनको एक हिस्सा हो । जसले संसारभरका किशोरीलाई शिक्षा दिलाउने कार्यमा काम गर्छ ।

मिसेलले सेयर गरेको काठमाडौंको उक्त भिडियो मर्मस्पर्शी लाग्छ, जहाँ देछेनका बुवाले छोरीको शिक्षाका लागि गरेको मेहनत देख्न सकिन्छ । ओबामाले छोरीलाई पढाउन देछेनका बुवाले गरेको संघर्षप्रति सहानुभूति पनि व्यक्त गरेकी छन् । उनले सेयर गरेको लिंकअनुसार ओबामा फाउण्डेसनअन्तर्गतको गल्र्स अलायन्सले ती बालिकालाई पढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ