Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बम वर्षक जहाजद्वारा ताइवान घेराउ !

२०८०, ५ असार मंगलवार ११:३२

असार ५,काठमाडौँ | चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीनमै रहेको र राष्ट्रपति सी जिनफिङसँग भेट भएकै दिन ताइवानलाई बमवर्षक विमानले घेरेको अभ्यास चिनियाँ जनमुक्ति सेनाले गरेको हो । नियमित अभ्यासको क्रममा यस्तो घेराउ गरिएको चिनियाँ पक्षले उल्लेख गरेको छ ।

‘एच-सिक्स के’ नामक बमवर्षक विमानहरु उडाएर चीनले ताइवान घेरेको हो । दिउँसोभन्दा रात्रिकालीन घेराउ अभ्यास जटिल हुने भए पनि जनमुक्ति सेनाले त्यो अभ्यास गर्नैपर्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार सन् २०२२ अगस्ट २ मा रात्रिकालीन समयमै अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् । त्यही प्रसंग जोड्दै चिनियाँ अखबारले ताइवानको पृथकतावादी कार्यक्रम जतिसुकै बेला हुनसक्ने भन्दै त्यसकै लागि रात्रिकालीन अभ्यास अनिवार्य भएको उल्लेख गरेको छ ।

प्रविधि, व्यापार र ताइवान मुद्दामा चीन र अमेरिकी सरकारहरु पछिल्ला पाँच वर्षमा राम्रो सम्बन्धमा छैनन् । सैन्य सम्बन्धमा पनि सञ्चार हुन छोडेको छ । त्यही समस्यालाई केही हदसम्म भए पनि कम गर्न ब्लिन्कन चीन भ्रमण पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ