Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनविरुद्ध यसकारण आयो रेशुको राजीनामा

२०८०, ६ असार बुधबार ०९:४०

असार ६, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यशैलीमा प्रश्न उठाउँदै उनकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिइन् । उनको वास्तविक असन्तुष्टि भने काठमाडौं महानगरपालिकामा भारतीय चलचित्रमाथि रोक लगाइएको विषयमा रहेको बुझिएको छ ।

अर्यालले फेसबुकमा स्टाटस लेख्दै आफ्नो राजीनामाको घोषणा गरेकी थिइन् । स्टाटसमा उनले स्पष्ट कारण नखुलाए पनि घुमाउरो संकेत भने गरेकी छन् । ‘स्वार्थको द्वन्द्व’ उत्पन्न भएकाले राजीनामा दिनुपरेको उनको भनाइ छ ।

रेशुले लेखेकी छन्, ‘दुर्भाग्यपूर्णरुपमा, केही ताजा कदम, निर्णय प्रक्रिया तथा उहाँको सिधा निर्देशिनमा लिइएका निर्णयहरु मेरा मान्यताभन्दा विपरित थिए र यी कुराहरु मेरो घर-परिवारसँग पनि सिधा जोडिएका थिए, जसले गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुने परिस्थिति आयो ।’

महानगर स्रोतअनुसार रेशुले स्वार्थको द्वन्द्व भनेर भारतीय चलचित्रमाथि लगाइएको रोकलाई ईंगित गर्न खोजेकी हुन् । आदिपुरुषको विवादलाई लिएर काठमाडौंमा भारतीय चलचित्र रोक्ने निर्णयको उनी खिलाफमा थिइन् । उनका श्रीमान भास्कर ढुंगाना सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक हुन् । श्रीमान नै हलमालिक हुँदा उनलाई मेयरको निर्णयले नैतिक अप्ठेरोमा पारेको थियो ।

महानगरको कदमविरुद्ध भास्कर अदालत जाने तयारीमा छन् । श्रीमान महानगरविरुद्ध अदालत जाने, अनि श्रीमती मेयरको सल्लाहकार रहिरहने कुरा व्यवहारिक रुपमा सम्भव नभएपछि रेशुले राजीनामा दिएको महानगर स्रोत बताउँछ ।

‘मेयरज्यूले उहाँलाई आफ्नो श्रीमानलाई कन्भिन्स गर्न आग्रह गर्नुभएको हो । तर, उहाँले पदबाटै राजीनामा दिनुभयो,’ स्रोतले भन्यो ।

महानगरको कार्यपालिका वैठकले गत भदौमा रेशुलाई मेयरको अवैतनिक शिक्षा सल्लाहकार नियुक्त गरेको थियो । उनी विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशील छिन् । टिच फर नेपालको बोर्ड सदस्य र पाँच वर्ष अध्यक्ष समेत रहेकी उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट स्नातकोत्तर गरेकी छन् ।

रेशुले दक्षिण भारतीय चलचित्र आदिपुरुषको दृष्य र संवाद नै नहेरी हलमा प्रदर्शन रोकिएकोमा मेयरसँग विमति जनाएकी थिइन् । उनले मेयरलाई समेत व्यंग्य गर्दैै चार दिनअघि नेपाली जनताको साामाजिक चेतना हल्लाको भरम कुद्ने खालको रहेको भन्दै ट्वीट समेत गरेकी थिइन् ।

उनले भनेकी थिइन्- अहिले हाम्रो देशको प्राय जसो जनताको सामाजिक चेतना आयातोल्ला खोमेनीले सल्मान रुष्दीलाई एउटा उपन्यासमा अल्लाहको अपमान गर्यो भनेर फत्वा लगाउने इरानको जस्तो भएछ। लक्षण गम्भीर छन् । सतर्क हुनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ