असार ७, काठमाडौं । पल शाह बलात्कार आरोपमा पक्राउ पर्दा उनको बचाउमा सबैभन्दा बढी मुखर भएकी सेलिब्रिटी हुन् पूजा शर्मा । उनले पललाई समर्थन गर्दा तीव्र आलोचनाको शिकारसमेत हुनुपर्यो ।

तर, पल अदालतबाट सफाइ पाएर जेलमुक्त भएपछि भने पूजा उनीबाट आश्चर्यजनकरुपमा टाढिएकी छन् । उनीहरुको पुरानो दोस्ती टुटेको छ ।

केही दिनअघि पल र पूजाको एउटा अवार्ड समारोहमा जम्काभेट भएको थियो । त्यहाँ उनीहरुको हाउभाउले सम्वन्धको चिसोपनाको सन्देश दिएको थियो । यद्यपि, दुवैजनाले यसबारे केही बोलेका छैनन् ।

पलसँग टाढिएकी पूजा पछिल्ला दिनमा गायिका समिक्षा अधिकारीसँग सामिप्यता बढाउन थालेकी छन् । उनले केही दिनअघि समिक्षाले गाएको एउटा गीतमा टिकटक भिडियो बनाएर पोस्ट गरेकी थिइन् । अहिले पूजा र समिक्षाले दुईवटा टिकटक भिडियो सँगै बनाएका छन् । दुवैले आफ्नो टिकटकमा यसलाई सेयरसमेत गरेका छन् ।

हालै सार्वजनिक भएको गीतमा पुजाको अभिनय र समिक्षाको स्वर रहेको छ । एउटै प्रोजेक्ट भएपछि मिलेर टिकटक बनाउनु र आफ्नो गीतको प्रोमोसन गर्नु स्वभाविक हो ।

तर पूजा र समिक्षाले हकमा भने यो केही फरक रह्यो । एकसाथ टिकटक बनाएपछि अहिले कमेन्ट्समा पूजामाथि विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।

समीक्षाले आफ्नो टिकटक अकाउन्टमा हालेको पूजासँगको भिडियोमा धेरैले पूजाको आलोचना गरेका छन् । उनलाई धेरैले नाटक गरेको, स्वार्थी, अवसरवादी, आदि लगायतका कमेन्ट्सहरु गरिरहेका छन् ।

यसअघि पलको खुलेर समर्थन गर्ने पूजा अहिले किन र कसरी समिक्षासँग नजिकिईन भन्ने धेरैको प्रश्न छ । समीक्षालाई भने दर्शकले सकारात्मक र समानुभूतिपूर्ण प्रतिक्रिया दिईरहेका छन् । पूजाले भने आफ्नो टिकटक अकाउन्टमा हालेको समीक्षासँगको भिडियोको कमेन्ट्स अफ गरेकी छन् ।

स्मरणीय छ कि पल जेल पर्दा पूजाले उनको पक्षमा बोल्न केही बाँकी राखेकी थिइनन् । उनले ‘लुगा नच्यातिकन पनि बलात्कार हुन्छ र?’ भन्नेजस्ता हचुवा अभिव्यक्तिहरु दिएकी थिइन् ।

यता समीक्षा एक वर्ष मानसिक यातनाको सिकार भईरहँदा पूजा निरन्तर पलको पक्षमा उभिइरहिन् । अहिले एकाएक उनी पलबाट टाढिएर समिक्षासँग नजिकिनुको कारण खुलेको छैन । तर, पलले जेलबाट निस्किएर आफ्नै काममा फोकस्ड भएपछि पूजालाई भाउ दिन छोडेका छन् । त्यसले उनको दिल दुखेको निकटस्थको दावी छ ।