2026-06-27 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निर्वाचन कसैले रोकेर रोकिन्न: सागर

2017-03-01

कृष्ण कँडेल/फागुन १८, बागलुङ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिकाको बोबाङ गाविसको वडा नम्बर–६ देखि ९ सम्म पर्ने माथिल्लो वडापालिकाको सम्मेलन आज लाँकुरीबोटमा भएको छ । 

सम्मेलनले भन्द्रमनि सुनारको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रेशम पुन, सचिवमा होमलाल भुषाल, सहसचिव मञ्जीता पुन र कोषाध्यक्ष निरन घर्ती रहनुभएको छ । 

भेलामा बोल्दै माओवादी केन्द्रका पोटिलब्युरो सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज चन्द्रबहादुर बुढा सागरले अब स्थानिय तहको निर्बाचन कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले निर्वाचन आयोगले निर्वाचन आचारसहिंता समेत जारी गरिसकेकाले अब निर्वाचन हुँदैन भनेर भन्नुको कुनै औचित्य नरहेको बताउनुभयो । उहाँले मधेश लगायतका ठाउँमा रहेको असन्तुष्टि सम्बोधनका लागि केन्द्रमा नियमित छलफल भईरहेको बताउनुभयो । 

उहाँले निर्वाचनपछि स्थानिय विकासका लागि अब स्थानिय जनप्रतिनिधिले नै काम गर्ने वातावरण बन्ने बताउनुभयो ।  

कार्यक्रममा ढोरपाटन केन्द्रिय सदस्य तथा ढोरपाटन नरपालिका ईन्चार्ज राजेन्द्र कुँवर, केन्द्रिय सल्लाहकार सेरमान घर्ती, नगरपालिका संयोजक भिम गौतम, तल्लो वडापालिका अध्यक्ष लिङ्कन घर्ती, उपाध्यक्ष तुलबहादुर बिक, जिल्ला सदस्य विरबहादुर घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो । 

सम्मेलन भद्रमणि सुनारको अध्यक्षता, खुमबहादुर विकको स्वागत र श्यमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । सुदर्शन घर्तीले खवर पठाउनुभएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो