2026-06-20 08:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण सेयर बजार अलमलमा

असार ८, काठमाडौँ । यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो। नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण बजार अलमलमा देखिएको हो ।

साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार बिहीबारबाहेक अन्य दिनमा पुनः गिरावट भएको थियो। विहीवार भने बजार केही अंकले बढेको छ ।


जेठ ३२ गते (बिहीबार) २०४२.०७ अंकमा पुगेको नेप्से परिसूचक यो साताको पहिलो दिन आइतबार २०९४.४० बिन्दुमा पुग्यो । यो सातामा सर्वाधिक उचाइमा नेप्से आइतबार नै पुगेको हो, जुन झण्डै २१ सय हाराहारी हो।

यो वृद्धिले निरन्तरता भने पाउन सकेन आगामी आर्थिक वर्षको बजेटले सेयर बजारलाई सकारात्मक सन्देश दिएको र अर्थमन्त्रीले पनि सेयर बजारका विवादित विषयहरूमा प्रष्टीकरण दिएकाले लगानीकर्ताको मनोबल बलियो बनेको विश्लेषण भएको थियो । 

लगानीकर्ताले मनोबल बढेको भन्दै गर्दा सोमवारदेखि पुनः नेप्से परिसूचक घट्न थाल्यो । सोमबार २०९१.४० विन्दुमा पुगेको नेप्से परिसूचक मंगलवार २०६४.८३ र बुधवार २०५०।७९ मा भन्यो । 

साताको अन्तिम कारोवार दिन बिहीबार भने परिसूचक २०५५.५३ विन्दुमा पुगेको छ । 

- यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ