त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ

साझासवाल
1 Min Read

असार ११, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ परेका छन्। टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुलहुँदै स्वीजरल्याण्ड जान लागेका मोल्दोभाका नागरिक ८ किलो ७ सय ग्राम लागुऔषध चरेशसहित आइतबार पक्राउ परेका हुन्।  पक्राउ पर्नेमा डेनिस कुसेरेवी रहेका छन्।

त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट उनलाई प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ। उनलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्यूरो लगिएको छ।

सो परिणामको लागुऔषध चरेश उनले कहाँबाट ल्याएका हुन् र उनको थप कनेक्सनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

उनले ०५९६२७३३५ नम्बरको रोमानियाको राहदानी प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Share This Article
Leave a Comment

Leave a Reply