१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई रविको जवाफ- अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभई परिवर्तन हुन्छ भन्ने देखेका छन्

१३ असार २०८०, बुधबार ०८:४८

असार १३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभइकन परिवर्तन हुन सक्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले सामाजिक सञ्जाल र युवा पुस्ताप्रति आक्रोशित हुँदै हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ गरेर चौतर्फी अविश्वास खडा गर्न खोजेको आरोप लगाएपछि लामिछानेले त्यसको जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्रीले भनेका थिए, मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसलाई युद्ध देख्नुपरेन । बिहान एक गाग्री पानीका लागि तीन घण्टा खोला धाउनुपरेन । विद्यालय पुग्न तीन चार घण्टा पैदल हिँड्नु परेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन । सञ्चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन ।

रविले प्रधानमन्त्रीले भनेको कुरामा विमति र विरोध नगरेको बताए ।

प्रधानमन्त्रीलाई जवाफ फर्काउँदै सभापति लामिछानेले भने, प्रधानमन्त्रीज्यूले उपलब्धिहरू बताइरहँदा त्यसले भर्खरै नेपालका अस्पतालहरूमा, शौक्षिक संस्थाहरूमा आम नागरिकहरूले के पाइरहेका होलान् त्यसमा पनि ध्यान दिन अनुरोध गर्न चाहन्छु । यो पुस्ताले के देखेन भन्नुभयो । त्यसमा मेरो साथ र समर्थन नै छ । तर, यो पुस्ताले के देख्यो भने देशका संरचनाहरू ननासिकन, हत्याहिंसा, अंगभंग नभइकन, मानिसहरु नहराइकन, शान्तिपूर्ण ढंगले परिवर्तन हुने कुरा पनि देख्यो भन्ने कुरा थपिदिन आग्रह गर्छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग