2026-09-19 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सबै कम्पनीको आईपीओ भर्नै पर्छ ?

असार १३, काठमाडौँ | पछिलो समय धितोपत्र बोर्डले जस्तोसुकै कमजोर कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिइरहेको छ । बोर्डमा कागजपत्र पुर्‍याएर आवेदन दिने कम्पनीलाई लामो समय नकुराई बोर्डले आईपीओ निष्कासन गर्न स्वीकृति दिँदै आएको छ ।

तर, आईपीओ निष्कासन गर्ने सबै कम्पनीमा आवेदन दिनुपर्छ भन्ने छैन । कुनै पनि कम्पनीले आईपीओ निष्कासन गरेपछि त्यसको वित्तीय विवरणलाई आवेदकले ध्यानपूर्वक हेर्नुपर्छ । विशेषतः कम्पनीको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ र नाफा नोक्सानलाई लगानीकर्ताले ध्यान दिनुपर्ने हुन्छ ।

आईपीओ खरिदका लागि बढी आवेदन पर्दा पनि अहिले घाटा बाढ्नकै लागि बजारमा जस्ता पनि कम्पनीहरू आउने गरेका छन् ।

जस्तोसुकै कम्पनी पनि बजारमा आउने वातावरण राम्रो भएको भन्दै ती कम्पनी छनोट लगानीकर्ता आफैँले गर्नुपर्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल बताउँछन् । कम्पनी कस्ता छन् भनेर अण्डरराइटरले अण्डरराइटिङ गर्ने भएकाले बोर्डको कुनै पनि दोष नहुने हमाल बताउँछन् ।

“हाम्रो अण्डरराइटिङ गर्ने प्रणाली नै गलत छ । यसलाई सुधार्न आवश्यक छ । बजारमा म त भन्छु, दुई÷तीन हजार कम्पनी नै सूचीकृत हुन् । लगानीकर्ताले छानीछानी यस्ता कम्पनीको सेयर खरिद गर्न पाउन्,” उनले भने, “तर, हाम्रो प्रणालीको विकास हुन सकेको छैन । सुधार गर्नुपर्ने धेरै छ । सचेत लगानीकर्ता हुनुपर्छ । जुन पनि आईपीओ खरिद गर्नु हुँदैन ।”

घाटामा गएका कम्पनीलाई लगानीकर्ताले नै मतलब नगरेपछि अण्डरराइटरले नै जोखिम बहन गर्नुपर्ने पनि उनले बताए । पछि दोस्रो बजारमा सूचीकृत भएपछि अंकित मूल्यभन्दा कम मूल्यमै पाउन सकिने उनले बताए । यसका लागि लगानीकर्ता नै सचेत भएर प्राथमिक सेयरमा लगानी गर्नुपर्ने उनले बताए ।

पछिल्लो समय जुनसुकै कम्पनीको आईपीओमा पनि आवेदन दिने प्रवृत्ति व्यापक छ । यसले गर्दा बिक्री प्रबन्धक र कम्पनीलाई नै फाइदा हुने गरेको छ । घाटामै रहेका कम्पनीको सेयर मूल्य बढ्ने आशाले लाभांशको कुनै आधार नहेरी दोस्रो बजारमा खरिदकर्ताहरू उत्साहित हुने गरेका छन् ।

उनीहरूले आफूसँग भएको १० कित्ता सेयर पनि नबेची बसेका हुन्छन् । सेयर होल भएपछि त्यो कम्पनीको सेयर मूल्य उच्च हुँदै जान्छ । बजारको बारेमा थाहा नभएकाहरूले त्यही बढेको सेयर खरिद गर्दछन् । उनीहरूले उच्च मूल्यमा किनेको सेयर एकैपटक धेरैले बेच्न थालेपछि घटेर अंकित मूल्यको आसपासमा आउन सक्छ ।

“बजारमा कारोबार गर्नेहरूले त यो सबै बुझेका हुन्छन् । तर, सोझा लगानीकर्ताले भने यसको भाउ नपाउँदा घाटा ब्यहोर्नुपर्ने अवस्था सृजना हुन्छ । १० कित्ते नीतिले पनि यस्तो समस्या आउने गरेको छ,” अध्यक्ष हमाल बताउँछन् । १० कित्ते नीतिले सबैलाई जोड्न सकेको भएपनि यही नीतिले गर्दा बजारमा जस्तो पनि कम्पनीको आईपीओ बिक्री हुने गरेको उनले बताए ।

यसलाई सुधार गर्न लगानीकर्तामा नै यो कम्पनीमा लगानी गर्नुहुँदैन भन्ने भावना सबैमा आउनुपर्ने पनि उनले बताए । आईपीओ निष्कासन पछि पनि बर्सौैसम्म घाटामै हुने कम्पनीमा लगानी गरेर उपलब्धि नहुने पनि उनले बताए ।

“अहिले हजार रुपैयाँमा आईपीओ भर्न पाएकाले जसले पनि भरिरहेका छन् । यसले साँच्चिकै समस्या पारेको छ,” उनले भने, “हजार रुपैयाँ त हो भनेर जस्तो पनि कम्पनीमा लगानी गरिदिँदा अण्डरराइटरलाई पनि मलजल पुगेको छ । उनीहरूले आफ्नो दायित्व पनि राम्रोसँग पुरा गरेका छैनन् ।”

बजारमा केही त्यस्ता कम्पनी पनि आएका छन्, जुन कम्पनीले ४–५ वर्षदेखि घाटा ब्यहोरिरहेका छन् । लगानीकर्तालाई केही दिएका छैनन् । सेयर मूल्य पनि कम भएर बसेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई