ललिता निवास प्रकरणका आरोपीलाई बाहिरै राखेर अनुसन्धान होस् : वरिष्ठ अधिवक्ता पन्त

साझासवाल
1 Min Read

असार १३, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई बाहिरै राखेर अनुसन्धान गर्न प्रतिवादीका कानून व्यवसायीले माग गरेका छन् । म्याद थपका लागि जिल्ला अदालतमा भएको सुनवाइमा उनले सो माग गरेका हुन् ।

न्यायाधीस बासुदेव पौडेलका इजलासमा प्रतिवादीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले एउटै मुद्दामा अदालतले फरक व्यवहार गर्नु नहुने बताए ।

उनले भने, ‘उही मुद्दामा कोही निषधाज्ञा देखाएर छुट्ने, कोही निषेधाज्ञा नभएकै कारण थुनिनुपर्ने भन्ने हुन्छ ?’

हदम्यादको विषयमा अदालतले बोलेको कुरा सबैलाई लागू हुनुपर्नेमा उनले जोड दिए ।

पन्तले तर्क गरे, ‘अनुसन्धान सबैमाथि गर्न पाइयो । तर, कसैलाई छोड्ने र कसैलाई थुन्ने गर्नु भएन । सबै आरोपीलाई बाहिरै राखेर अनुसन्धान गरियोस् ।’

Share This Article
Leave a Comment

Leave a Reply