असार १४, काठमाडौँ |  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै भएको बताए।

‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन। खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नि', उनले भने।

ओलीले शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वाभाविकै भएको बताए।

नयाँ गठबन्धनका लागि एमाले र कांग्रेसका नेताहरूले प्रयास गरिरहेका छन् भनिन्छ नि? भन्ने प्रश्नमा ओलीले भने, ‘मैले पनि तपाईंहरूबाटै थाहा पाएँ।’

उनले भ्रष्टाचारका पुराना फाइलहरू खुल्नु नियमित प्रक्रिया भएको बताए।

‘यो सरकारले प्रतिक्रिया दिन लायक कुनै काम गरेको छैन,’ उनले भने, ‘स्वार्थले बनेको गठबन्धन हो। स्वार्थ फुटेपछि सक्किहाल्छ।’

Related News