सिंहदरबारमा सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी

साझासवाल
1 Min Read

असार १९, काठमाडौँ | संसदीय समितिका सभापति चयन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी छ ।

सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी छन् ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल आयोजना गरेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु छन् । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply