असार २२, काठमाडौँ | राष्ट्रियसभाको बैठक बस्दैछ। सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा आज दिउँसो १२:३० बजे बोलाइएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।

आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ।

सोअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक २०८० सभामा पेश गर्ने कार्यसूची छ। प्रमुख प्रतिपक्ष एमालेको अवरोधका कारण बिहीबारको बैठक स्थगित भएको थियो।

Related News