<p><b>असार २९, काठमाडौँ | </b>राष्ट्रिय सभाको आजको बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको सन्देशसहित राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त विधेयक पेस गरेका थिए।<br></p><p>राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकलाई निर्णयार्थ पेस गरेका थिए। उक्त विधेयक बहुमतले पारित हुँदै प्रतिनिधि सभामा फिर्ता भएको छ।</p>
Related News


