काठमाडौं महानगरले शिक्षकलाई मासिक रुपमा तलब दिने

साझासवाल
0 Min Read

<p><b>साउन २, काठमाडौं | </b>काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रुपमा तलब उपलब्ध गराउने व्यवस्था गरेको छ ।<br></p><p>महानगरकी उपमेयर सुनिता डंगोलका अनुसार स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा नै तलब दिने व्यवस्था गरेको हो ।</p><p>सङ्घीय सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई त्रैमासिकरूपमा तलब उपलब्ध गराउँदै आएको छ । तर महानगरले भने स्रोत भर्ना कोषमार्फत शिक्षकहरूलाई मासिकरूपमै तलब दिने व्यवस्था गरेको हो ।</p>

Share This Article
Leave a Comment

Leave a Reply