माघ ३, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपा"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब चैत्रमा चुनाव हुने संभावना टर्यो: मन्त्री पाण्डे

२०७३, ३ माघ सोमबार ११:०५

माघ ३, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले भने,‘अब चैत्रमा चुनाव हुने संभावना टर्यो, मैले चाहीँ कुनै संभावना देखेको छैन ।’ यद्धपी उनले दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने समेत सरकारको तयारी रहेको खुलासा गरे ।

साक्षात्कारमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पाण्डेले दलहरुको सहमतिमै सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने जनाए। उनले भने,‘प्रधानमन्त्रीज्यू स्वदेश फिर्ता भए लगत्तै हामी सहमतिमै निर्वाचनको मिति घोषणा गर्छौं, त्यसको लागि अहिले दलहरुसँग छलफल भैरहेको छ।’

उनले चुनाव कहिले गर्ने भन्ने कुरा अहिले भन्नुभन्दापनि मनशुनभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने विश्वास दिलाए । उनले निर्वाचनसम्बन्धी ऐन/विद्येयकहरु संसदमा टेबुल भैसकेकोले अब ती विद्येयकहरुलाई फाष्ट ट्रयाकबाट पारित गराएर भएपनि चुनावको वातावरण जतिसक्दो चाँडो बनाउने कुरामा वर्तमान सरकार गम्भिर रहेको बताए । उनले मनशुन अगाडि स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछि अन्य तहको निर्वाचन गर्ने कुरा जनाए ।

मन्त्री पाण्डेले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयक आवश्यक परे आवश्यक परिमार्जनसहित पारित गराएर भएपनि असन्तुष्टहरुको माग सम्बोधन गर्ने कुरामा वर्तमान सरकार गम्भिर रहेको बताए । उनले भने,‘अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि सहमतिमा आएको छ, केही लचकता देखाएको छ, त्यसैले मधेशी मोर्चालाईपनि सहमतिमै लिएर चुनावमा जानुपर्छ भन्ने कुरामा हामी बढि केन्द्रित छौं, अहिले त्यसैको लागि सरकारले काम गरिरहेको छ ।’

त्यस्तै उनले हालै स्थानीय तह पूर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेनपनि छिट्टै मन्त्रिपरिषदमा लैजान आफूले तयारी गरेको जनाउँदै भने,‘अबको क्याविनेटमा म त्यो प्रतिवेदन लैजाँदैछु, त्यसपछि त्यसलाई राजपत्रमा छापेर अघि बढाईन्छ ।’ उनले प्रतिवेदन राजपत्रमा छापिईसकेपछि स्वतः कार्यान्वयन हुनेसमेत जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ