Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेकपा एमाले निकट यूवा संघ नेपाल अमरगढी नगरको ५ औ अधिबेशन सम्पन्न

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; ">ललित बोहरा । माघ ४ डडेल्धुरा । नेकपा एमाले निकट यूवा संघ नेपाल अमरगढी नगरको ५औ अधिबेशन मङलबार सम्पन्न भएको छ । डडेल्धुरा सदरमुकाममा भएको अधिबेशनले राम बहादुर साहुको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटी गठन गरेको यूवा संघ महाकाली ईन्र्चाज देबेन्द्र कुवँरले जानकारी दिनु भयो । नव निर्वाचीत कमिटीले अमरगढी नगरपालीकालाई ओली सरकारले घोषणा गरेको स्मार्ट सिटी बनाउने निर्णय छिटो कार्यान्वय गर्न दबाब दिने लगायतका ७ बुदेँ बिशेष प्रस्ताव पारीत गरेको यूवा संघ डडेल्धुराले जनाएको छ । अधिबेशनको उद्घाटन समारोहका प्रमुख अतिथी यूवा संघ नेपालका केन्दीय सचिव &nbsp;असोग चन्द, बिशिष्ट अतिथी नेकपाल एमाले डडेल्धुरा अध्यक्ष डा.तारा जोशी, अतिथी यूवा संघ नेपालका केन्दीय सचिवालय सदस्य गजेन्द्र साही, यूवा संघ महाकाली ईन्र्चाज देबेन्द्र कुवर रहनु भएको थियो ।<br></p><div style="text-align: justify; "><br></div>