2026-06-18 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज कात्तिक कृष्णपक्ष नवमी तिथि: कुन राशीलाई लाभ, कुनलाई हानी ?

चिरञ्जीवी  भारद्वाज/न्युज कारखाना | कात्तिक १३, काठमाडौं | 

पन्चाङ्ग: कात्तिक महिनाको १३ गते शनिबार । कात्तिक कृष्णपक्ष नवमी तिथि । चन्द्रमा कर्कट राशिमा अश्लेषा नक्षत्र शुक्ल योग रहेको छ । सूर्योदय विहान ६:२४ र सूर्यास्त ५:२२ मा हुनेछ ।

शनिबारको राहुकाल बिहान ९:०१ देखि १०:२५ सम्म छ । बिहान ११:२६ देखि १२:१० सम्म अभिजित मुर्हूत छ । हरेक दिन अभिजित मुहूर्त हुन्छ । यसलाई शास्त्रमा शुभमुहूर्त मानिन्छ ।

अध्यात्मप्रति आस्था राख्नेले गर्ने शुभकर्मका लागि अभिजित मुहूर्तको समयका कर्म गर्ने गर्छन् । आजका देवता पार्वती र ग्रहदेव चन्द्र हुन। राहूकाल भएको समयमा पनि शुभ कर्म नगर्नुहोला ।  

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेका लागि मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक समस्याका कारणले मनमा चिन्ता र असन्तुष्टि हुनेछ । आजको दिन कसैसँग विवाद र झगडा हुनसक्छ ।  त्यसैले मनमा चिन्ता नराखी आफ्नो नियमित कामबाहेक नयाँ काम नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईँले आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । नयाँ वस्त्र प्राप्त हुने योग  छ । स्वास्थ्यमा समस्या छ भने पनि विस्तारै सुधार हुँदै जानेछ । पराक्रम गर्ने शक्ति प्राप्त हुनेछ । यदि आजको दिन यात्रा गर्नुहुनेछ भने मनमा शान्ति प्राप्त हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् त्यसैले आफन्तजनसँग सम्बन्ध विस्तारका लागि पहल गर्नुहोला । एकाग्रता रहनु नै उत्तम हुनेछ ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

चन्द्रमा समेत कर्कट राशिमा रहेका हुनाले कर्कट राशिका जातकका लागि आजको दिन सुख आनन्द प्राप्त हुनेछ । आभुषण खरिद, नयाँ बस्त्र खरिद गर्दासमेत शुभ हुनेछ । व्यवसायमा लगानी गर्दासमेत उचित प्रतिफल प्राप्त हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

खर्च, र अनावश्यक दुःख कष्ट भोग्नु पर्नेछ । मनमा चिन्ता र भयको त्रास हुनेछ । आफन्तजन र परिवारमा कलहको वातावरण हुनेछ । भनिन्छ, कलहको औषधि भनेको मौन हो । त्यसैले सिंह राशिका व्यक्तिले आजको दिन मौन रहनु नै भलो हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजका दिन यात्राको लागि उत्तम छ । यात्रा गर्दा घरबाट बाहिर निस्कदा कन्याको दर्शन गरेर बाहिर निस्कदा शुभ हुनेछ । कन्या राशि हुनेका लागि शनिबारको दिन यात्रा शुभ मानिन्छ । आर्थिक खर्च गर्दा सोच विचार पुर्‍याउनु पर्ने देखिन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईँले आजको दिन सुरु गरेको काम सफल हुनेछ । घरपरिवार र मित्र मण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । तपाईँले कसैलाई दिनुभएको धन पनि अनाचक प्राप्त हुनसक्छ । तुला राशिका हुनेले आजको दिन नजिकैको मठमन्दिरको दर्शन गर्नु उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

मानसिक असन्तुष्टि बढ्ने छ । मनमा चिन्ता भय पनि वृश्चिक राशिका व्यक्तिले शनिबारको दिन नयाँ कामको शुरुवात नगर्नुहोला । आजको दिन नयाँ कामको थालनी गर्दा सफलता प्राप्त नहुनसक्छ । काममा दत्तचित्र भएर लागेका सफलता हात पर्नसक्छ । योजनामुताविक काम भएन भनेर निराशा हुनु पर्छ । शनिबारको दिन सूर्योदयलाई जल अर्पण गर्दा सोच अनुसार काम बन्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

शारिरीक समस्या, आफन्तजनबाट अपमान र धनको व्यय हुनसक्छ । त्यसैले शनिबारका दिन धनु राशी हुनेले घरबाट बाहिर निस्कदा विचार पुर्‍याउनु होला । यात्रा गर्दा बाधाकष्ट हुनसक्छ । परिवारमा कलह हुनसक्ने छ । त्यसैले मनमा अनेक चिन्ता र भय छ भने यात्राबाट त्यसलाई विर्सनु वेश हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आयमा बृद्धि हुनेछ । व्यापारव्यवसायमा हुनुहुन्छ भने आजका दिन आफ्नो कार्यालय र पसल बन्द नगर्नुहोला । व्यापारबाट प्राप्त धनलाई भोका व्यक्तिका लागि खानेकुरा दिनुभयो भने त्यसले तपाईँको आम्दानी र र मनमा शान्ति प्राप्त हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा प्रसन्नता छाउने छ । कुम्भ राशी हुनेका लागि आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मनमा अशान्त, यात्राबाट निराशाजनक फल प्राप्त हुनेछ । मीन राशी हुनेले उत्तरतर्फको यात्रा गर्दा मनमा शान्ति हुनेछ ।  शनिबारका दिन घरबाट बाहिर जानुपर्दा उत्तरमुख भएर निस्कनु होला । किनकि चन्द्रमा कर्कट राशिमा भएको बेला उत्तर दिशाको यात्रा गर्दा मीन राशी हुनेका लागि शुभ हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु