फागुन १२, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन र संविधान संशोधन विशेष प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ । 

घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १२, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन र संविधान संशोधन विशेष प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ । 

घ"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन र संशोधन सरकारको मुख्य प्राथमिकता: गृहमन्त्री

२०७३, १२ फाल्गुन बिहीबार ०७:५१


फागुन १२, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन र संविधान संशोधन विशेष प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ । 

घरेलु तथा साना उद्योग विकास समितिले आज यहाँ आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा उद्यमी पुरस्कार वितरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सबैलाई मिलाएर निर्वाचन गरिने बताउनुभयो । 

गृहमन्त्री निधिले भन्नुभयो, “नयाँ संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि आगामी वर्षको माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नुपर्छ ।” उहाँले स्थायी सरकारसहितको समृद्धिका लागि पनि निर्वाचन अपरिहार्य भएको उल्लेख गर्नुभयो । 

मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि उपयुक्त नीति आवश्यक हुने बताउँदै गृहमन्त्री निधिले सबै किसिमको लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पानुभयो । 

औद्योगिक उत्पादन वृद्धि गर्नका लागि नयाँ प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्नपर्छ, उपयुक्त प्रविधि प्रयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्छ ।” 

साना उद्योगका उत्पादनलाई सरकारले बजारको व्यवस्था मिलाउने बताउँदै गृहमन्त्री निधिले थोरै लगानीमा आफ्नै गाउँमा पुँजी निर्माण गर्न सकिने साना उद्योगको प्रवद्र्धनमा जोड दिइने जानकारी दिनुभयो । 

कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले साना उद्योगको प्रवद्र्धनका लागि सरकारले पहल गर्ने र साना तथा घरेलु उद्योगमैत्री नीतिलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो । 

विसं २०४२ देखि निरन्तर गरिँदै आएको प्रदर्शनीमा ७५ जिल्लाका साना तथा घरेलु उद्योगीले भाग लिँदै आएका छन् । यस पटकको प्रदर्शनीमा ३०० वटा प्रदर्शनीकक्षमा मुलुकभरका उद्योगीले आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीमा राखेका छन् । 

छ दिनसम्म चल्ने यस मेलामा तीन लाखजनाले अवलोकन गर्ने र रु पाँच करोडभन्दा बढीको कारोबार हुने समितिका अध्यक्ष दीपेन्द्र आचार्यले जानकारी दिनुभयो । 

घरेलु उत्पादनको बजार प्रवद्र्धन तथा उद्योग र उपभोक्ताबीच परिचय गराउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीले उद्योगमा हौसला थपिने समितिका कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्ययले उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट