2026-06-27 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालयको तयारी

2017-02-23

फागुन १२, सोलुखुम्बु । सरकारले वैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति घोषणासंगै सोलुखुम्बु जिल्ला निर्वाचन कार्यालयले तयारी अघि बढाएको छ । 

जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाका अनुसार अहिले मतदान केन्द्रका लागि आन्तरिक गृहकार्य भइरहेको जानकारी दिनुभयो । 

संविधानसभा सदस्य निर्वाचन २०७० मा सोलुखुम्बुमा १११ वटा स्थायी र दुई वटा अस्थायी गरी ११३ वटा मतदान केन्द्र रहेकामा अहिले ती मतदान केन्द्र थपघट गर्नुपर्ने बारेमा कार्यालयले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । 

सात वटा गाउँपालिका र एक नगरपालिका गरी सोलुखुम्बुलाई स्थानीय तहमा पुनःसंचरना गरिएको प्रतिवेदन स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले सिफारिस गरी केन्द्रमा पठाएको छ । 

। 

यसैगरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मतदाता परिचय पत्र सङ्कलनको कार्य स्थगित गरिएको छ । गत कात्तिक १ गतेदेखि फागुन ९ गतेसम्म जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय सोताङमा सङ्कलन गरिएको मतदाता नामावलीको त्रुटि सच्याउने, नाम हटाउने काम पनि अहिले भइरहेको छ । 

जिल्लामा ६२ हजार ५०० को मतदाता नामावली सङ्कलन गरिए पनि स्थानीय तहको निर्वाचनमा भाग लिन सक्ने मतदाता सङ्ख्या योभन्दा घट्न सक्ने कार्यालयको अनुमान छ । 

यही फागुन ९ गतेसम्म १८ वर्ष पूरा गरेका मतदाता नामावलीमा नाम दर्ता भएका नेपाली नागरिकले अब हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना