2026-06-28 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुनाव चिन्ह नदिए चुनाव बहिस्कार’

2017-04-01

चैत १९, काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकै गर्दा किरात खम्बुवान लोकतान्त्रिक पार्टीमा प्रवेशको लहर चलेको छ । 

शनिबार संवाद डबलीमा पार्टीको उपत्यका समन्वय समितिको घोषणा कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दुई दर्जनले पार्टी प्रवेश गरेका छन् । पार्टीका केन्द्रीय उपाध्यक्ष शान्तिराज राईले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । राईले स्थानीय तहको निर्वाचनमा पूर्वको पहिलो पार्टीले हुने दाबी गरे । 

त्यसैगरी उपाध्यक्ष यसुराज राईले दलिय व्यवस्थामा दललाई चुनाव चिन्ह नदिने जस्तो अलोकतान्त्रिक कुरा अरु नहुने बताए । राईले आफूहलाई चुनाव चिन्ह नदिए चुनाव बहिस्कार गर्ने चेतावनी समेत दिए । महिला संयोजक ज्योति राई, केन्द्रीय सदस्य रजिन राई लगायतले धारणा राखेका थिए । 

कार्यक्रममा उपत्यका संयोजकमा जयबाबु राई र उपसंयोजकमा रोशन राईलाई जिम्मेवारी दिएको घोषणा गरिएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी