चैत ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले ल्याएको संशोधन विद्येयक अस्विकार गर्ने मो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले ल्याएको संशोधन विद्येयक अस्विकार गर्ने मो"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मधेशी मोर्चा आफ्नो जनमत देखेर चुनावमा जान डरायो’

२०७३, ३० चैत्र बुधबार ११:३२


चैत ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले ल्याएको संशोधन विद्येयक अस्विकार गर्ने मोर्चाको निर्णयलाई निहुँ खोज्ने प्रवृत्तिको संज्ञा दिए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खनालले भने,‘सहमति गरेर नै चुनावमा सबैलाई सहभागी गराउने उद्देश्यले यो विकल्प खोजिएको थियो, अहिले नै सरकारको तर्फबाट प्रतिक्रिया दिन हतार होला, हामी बैठक बसेर एउटा निर्णयमा पुग्छौं ।’उनले मोर्चाको निर्णयलाई स्वयम् मोर्चालाईपनि ठीक ठाउँमा नपुर्याउने आरोप लगाए ।

मोर्चाले जे निर्णय गरेपनि घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने खनालको दाबी थियो । उनले भने,‘तोकिएकै मितिमा चुनाव हुन्छ, मधेशमा पनि चुनाव हुन्छ ।’ उनले अझैपनि ठाउँ छ भने मोर्चाले आफ्नो निर्णयलाई पूर्नविचार गर्नुपर्ने स्पष्ट पारे ।

खनालले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई स्विकार गरेर चुनावमा गएको भए मधेशी मोर्चालाई दहा«े राजनीतिक म्याण्डेट हुनेथियो भन्दै त्यो अवसर मोर्चाले गुमाएको टिप्पणी गरे । यद्धपी उनले मोर्चा आफ्नो जनमत देखेर डराएर चुनावमा जान नमानेको समेत आरोप लगाए ।

उनले प्रस्तावमा सहमत भए दुई चरणमा पनि चुनाव गर्न सकिनेबारे सरकारले छलफल अघि बढाईरहेको समेत जानकारी दिए । उनले नयाँ संशोधन विद्येयक मोर्चाका नेताहरुसँग छलफल गरेर नै ल्याएको दाबी गरे ।

उनले भने,‘प्रधानमन्त्रीसँगको छलफलमा राजेन्द्र महतोजी हुनुहुन्थ्यो।’ उनले प्रधानमन्त्रीले प्रस्ताव ल्याउनुअघि मोर्चाका शीर्ष नेताहरुसँग पटक÷पटक छलफल गरेको समेत स्पष्ट पारे । खनालले प्रधानमन्त्रीले नयाँ विद्येयक एकतर्फी रुपमा अघि नबढाएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ