2026-07-10 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालुवाटारमा ओली र प्रचण्डबीच भनाभन

असार २१, काठमाडौँ | 'राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको' भन्ने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच महाअभियोगकै विषयमा आरोप–प्रत्यारोप भएको हो ।

प्रधानमन्त्री : ६ जना बसेर के गर्न खोजेको ?

प्रचण्ड : तपाईले पार्टी फुटाउन लाग्नुभयो । कसरी पार्टी जोगाउनु भनेर छलफल गरेका हौं । अनि तपाईँले पार्टीको विवादमा राष्ट्रपतिलाई चाहिँ किन मुछ्नुभएको ?

प्रधानमन्त्री : (महाअभियोगतर्फ संकेत गर्दै) मलाई थाहा छ ।

प्रचण्ड : के थाहा छ ? जे मन लाग्यो त्यही भन्ने ?

प्रधानमन्त्री : त्यसो भए ६ जना किन बसेको त ?

प्रचण्ड : तपाईले अध्यादेश ल्याउन खोजेपछि बस्नुपरेन त !

छलफलमा ओलीको तर्फबाट ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सहभागी गिए भने प्रचण्डको तर्फबाट मन्त्री वर्षमान पुन र नेता जनार्दन शर्मा प्रभाकर थिए ।

छलफलमा सहभागी नेताहरुले बताए अनुसार दुई नेताबीच सम्वादको सुरुवातमै भनाभनको स्थिति सृजना भएको थियो । प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग ल्याउन खोजेको प्रधानमन्त्रीको दाबीमा आपत्ति जनाएका थिए ।

छलफलको सुरुमै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी कानून व्यावससायीसँग किन छलफल गरेको भन्दै असन्तुष्टि पोखेका थिए । जवाफमा दाहालले ‘गलत कुरा नगर्नुस्, महाअभियोगबारे कहीं कतै छलफल भएको भए प्रमाण दिनुस्’ भनेको नेकपाको उच्चस्रोतले बतायो । 

नेकपा नेताहरुले समेत अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । 

दाहालसँगको भेटमा ओलीले शनिबार खुमलटारमा सचिवालयका ६ सदस्य बसेर सरकारविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । जवाफमा दाहालले प्रधानमन्त्री नै पार्टी फुटाउन लागेपछि सल्लाह गर्न बसेको जवाफ दिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपतिसँगको भेट र त्यसपछि मन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो