2026-10-17 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम काउन्सेलर र श्रम सहचारीसंग म्यानपावर व्यवसायीको छलफल, सहकार्य गर्नुपर्नेमा जोड

माघ १९, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नवनियुक्त भएका श्रम सहचारी तथा काउन्सेलरसंग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताएको छ । सरकारले खाडिका ४ देशका लागि नियुक्त गरेका श्रम सहचारी तथा काउन्सेलरसंगको ‘परिचयात्मक एवं शुभकामना’ कार्यक्रममा संघले उक्त मुलुकमा रहेका नेपाली श्रमिकका साथै म्यानपावर व्यवसायीहरुले भोग्नुपरेका समस्या समाधानका लागि सहकार्य गरेर अगाडी बढ्न चाहेको बताएको हो ।

news-details

सरकारले केहि दिन अगाडी साउदी अरबको श्रम काउन्सेलरमा उपसचिव जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई नियुक्त गरेको थियो । त्यस्तै बहराइनका लागि श्रम सहचारीमा शाखा अधिकृत दामोदर दाहाल र कतारका लागि अनुज गौतमलाई नियुक्त गरेको थियो । चारै जना परराष्ट्र मन्त्रालय हाजिर भएर आ- आफ्नो कार्यक्षेत्र जानुपुर्व संघले उनीहरुको कार्यकालको सफलताको शुभकामना दिदै सहकार्यका लागि तयार रहेको बताएको हो । श्रमिक र व्यवसायीका अधिकतम समस्या दुतावासमा श्रम सहचारी तथा काउन्सेलरले हेर्नुपर्ने भन्दै उनीहरुले सहज तरिकाले काम गर्नुपर्नेमा व्यवसायीले जोड दिए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विष्णुप्रसाद गैरेले वैदेशिक रोजगार व्यवसायीले नवनियुक्त श्रम सहचारी तथा काउन्सेलरहरुलाई कार्यकाल सफलताको शुभकामना दिदै व्यवसायीहरु निरन्तर सम्पर्कमा रहने भन्दै सहकार्य गरेर अघि बढन सुझाव दिए ।  विदेशमा नेपाली श्रमिक कुनै पनि समस्यामा पर्न हुदैन भन्नेमा व्यवसायीहरु प्रतिवद्ध रहेको धारणा राख्दै गैह्रेले व्यवसायी माथि परेका मर्काबारे पनि कर्मचारीले सोच्नुपर्ने धारणा राखे । 

कार्यक्रममा संघका पुर्व अध्यक्षहरु बलबहादुर तामाङ्ग, विमल ढकाल,  प्रेम बहादुर कटुवाल लगायतले साउदी एम्बेसी मार्फत काम गर्दा व्यवसायीले झन्झट खेप्नुपरेको भन्दै श्रम काउन्सेलर राइको ध्यानाकर्षण गरेका थिए । सरकारले तोकेको न्युनतम तलब, सेवा सुविधामा फरक, डिमाण्ड प्रमाणीकरणमा समस्या जस्ता कारणले व्यवसायीले हैरानु खेप्नुपरेको भन्दै आगामी दिनमा त्यस्ता समस्या सुधारका लागि पहल गर्न राईको ध्यानाकर्षण गरे । साउदी अरबका लागि श्रम काउन्सेलरमा नियुक्त जीवन कुमार राईले व्यवसायी तथा सरोकारवाला निकायसँग समन्वय गर्दै आफुहरुले जिम्मेवारी निर्वाह गर्ने धारणा राखेका थिए । उनले व्यवसायीका समस्या आफुले सुझावका रुपमा लिएको भन्दै त्यसलाई सुधार गर्न पहल गर्ने बताए । 

त्यस्तै युएईका लागि श्रम काउन्सेलरमा नियुक्त निर्मला थापाले सरकारी नीति नियम भित्र रहेर आफुहरु समस्या समाधानका लागि सहज वातावरण बनाउन लागिपर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु