<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/d67694cf6b381b80af3b9d57b9d9e0b01494598270.jpg" style="float: left;"><b>काठमाडौँ, २९ वैशाख । </b>नेकपा एमाले सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार भर्ना भएका छन् । <br></p><p>पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उहाँको मुटुमा समस्या देखिएकाले शल्यक्रिया गरिएको छ । </p><p>अपराह्न पार्टी कार्यालय आएका सांसद बडाललाई छाती र पेट दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ प्रारम्भिक उपचारपछि शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको अवस्था अहिले सामान्य रहेको छ । </p>
