By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    1 hour ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    2 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    2 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    4 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    8 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    1 day ago
    सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: ‘देश विकासका लागि परिवर्तकारी शक्ति एकै ठाउँमा हुनुपर्छ’: महासेठ
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘देश विकासका लागि परिवर्तकारी शक्ति एकै ठाउँमा हुनुपर्छ’: महासेठ
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘देश विकासका लागि परिवर्तकारी शक्ति एकै ठाउँमा हुनुपर्छ’: महासेठ

साझासवाल
Last updated: June 19, 2025 3:46 pm
साझासवाल
10 Min Read
Share
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव रघुविर महासेठ अहिले प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । २०५१ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँ २०६६ सालको उप–निर्वाचनमा धनुषा–५बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संसदमा प्रवेश गर्नुभएको हो । २०७४ सालको सङ्घीय निर्वाचनमा धनुषा–४बाट निर्वाचित महासेठ २०७५ देखि २०७६ सम्म भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुनुभयो । त्यसैगरी २०७८ मा केही समय परराष्ट्रमन्त्री तथा २०६८ मा सिँचाइमन्त्री बन्नुभएको थियो । सांसद महासेठसँग राससका समाचारदाता सुशील दर्नालले उहाँको दैनिक गतिविधि, संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, निर्वाचन प्रणाली, वर्तमान राजनीतिक व्यवस्था र जनताको अवस्था, युवा पलायन र वेरोजगारी, देशको आर्थिक विकास, सुशासन, राजनीतिक गतिविधि र समसामयिक विषयमा लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
–अहिले संसदको बजेट अधिवेशन चलिरहेको छ । बजेटमाथिको छलफलमा माननियहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।संसदीय समितिको वैठकपनि सञ्चालन भइरहेको छ । योसँगै म पार्टीको एउटा जिम्मेवार नेता भएका हिसावले पार्टीको दैनिक क्रियाकलापमा भाग लिइरहेको छु । मुख्यगरी संसद् चलेको बेला संसदमा र नचलेको बेला जनताको बीचमा हुन्छु ।
देशको संसदीय अभ्यासलाई कसरी विश्लेषण गर्नुभएको छ ?
–संसद् भनेको कानुन बनाउने थलो हो । ती कानूनको मस्यौदा सरकारले तयार गरेर ल्याउने हो । सरकारले त्याएका विधेयकमाथि संसद् र संसदीय समितिमा पर्याप्त छलफल हुन्छ । आवश्यक छलफल र सशोधनपछि त्यहाँबाट पारित हुन्छ । २०७२ सालको संविधान घोषणा भएपश्चात संसद्ले धेरै कानुन बनाइसकेको छ । अझै धेरै कानुन बनाउन बाँकी नै छ । ती बाँकी कानुन बनाउनमा हामी व्यस्त छौँ । अहिले संसद् कानुन निर्माणको सवाल वा जनताका विषयवस्तुलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने विषयमा सक्रिय रहँदै आएको छ ।
सदनमा राखिएका विषयलाई सरकारले कत्तिको कार्यान्वयन गरेको छ ?
–संसद् भनेको जनप्रतिनिधिको थलो हो । जनताले चुनेका प्रतिनिधिमार्फत जनताका मुद्दा सदनमा राख्ने गरिन्छ । कानुन निर्माणसँगै सांसदले आफ्नो निर्वाचन क्षेत्रलगायत जनताका समसामयिक विषयलाई प्राथमिकताका साथ राख्दै आउनु भएको छ । तर, हाम्रो जस्तो देशमा जनप्रतिनिधिले राखेका सबै विषय सरकारले कार्यान्वयन गर्न सक्दैन । सदनमा उठेका धेरै कुरा आर्थिकसँग जोडिएका हुन्छन । जनताका  विषयवस्तु उठाउँदै गर्दा हामीले देशको आर्थिक अवस्था पनि बुझ्नुपर्छ । यद्यपी, सरकारले तत्काल सम्वोधन नगरि नहुने विषयवस्तुलाई सम्वोधन गरेको छ । जनप्रतिनिधिले राखेका महत्वपूर्ण र तुरुन्तै गर्नुपर्ने कामको लागि सभामसुखले सरकारलाई रुलिङ गर्दैआउनुभएको छ । यदी संसद्बाट गर्नुपर्ने रहेछ भने  सभामुखले सम्वन्धित दलका प्रमुख सचेतकसँग छलफल गरी समाधानका लागि कोसिस गर्दैआउनुभएको छ ।
संविधान कार्यान्वयनबारे तपाईँको धारणा ?
–हाम्रो संविधानको संरचनाअनुसार कुनैपनि पार्टीले एकल बहुमतको सरकार बनाउन सकेका छैनन् । एउटा पार्टीको बहुमतको सरकार बन्न नसकेपछि गठबन्धनको सरकार बन्ने गरेको छ । संविधान जारी भएपछि  पनि पटक–पटक सरकार परिवर्तन भएको छ । त्यसले राजनीतिक स्थितरता दिन सकेको छैन । राजनीतिक अस्थिरताका कारण संविधानको जति कार्यान्वन हुनुपर्ने हो, त्यति हुन सकेको छैन् । तर पनि देशमा विकासले फड्को मारेकै छ ।
संविधान संशोधनमा तपाईँको भनाइ के छ ?
–संविधानमै संशोधन गर्न सकिने प्रावधान राखिए पनि जबसम्म संशोधनको विषयमा राष्ट्रिय सहमति हुँदैन, तबसम्म संशोधन गर्नु हुँदैन । दुई तिहाई मत अहिलेको सरकारसँग छ । तरपनि हामी सकेसम्म संसदभित्र क्रियाशिल भएका सबै पार्टीलाई समेटेर अगाडि बढ्न खोजिरहेका छौँ । सङ्घीयता वा अन्य जुनसुकै विषयमा संशोधनको लागि सबै दलको सहमति अनिवार्य छ । संशोधन गर्दा सकभर कतैबाट पनि विरोध आउनु हुँदैन ।
संविधान कुन–कुन विषयमा संशोधन गर्नुपर्छ ?
–संविधान संशोधन धेरै विषयमा गर्नुपर्ने छ । संशोधनको विषय संविधान कार्यान्वयन गर्दैगर्दा हुने आवश्यकताको आधारमा गर्ने हो । जनताले अहिले अभ्यासमा रहेको सङ्घीयताबारे  टिका–टिपणी गरिरहेका छन् । सङ्घीता महङ्गो भयो भनिरहेका छन् । यसबारेमा मैले संशोधन गर्नुपर्ने देखेको छु । देशको आर्थिक अवस्थालाई हेर्दा यति धेरै संख्याका सरकारको आवश्यकता छैन । देशको अवस्था सुहाउँदो सङ्घीयता बनाउनुपर्ने आवश्यकता छ । त्यसैगरी निर्वाचन प्रणालीभित्र पनि  समानुपातिक र राष्ट्रिसभालगायत विविध विषयमा संविधानलाई पुनःविचार गर्नुपर्छ । तर नोपली कांग्रेस र नेकपा (एमाले)ले मात्रै सहमति गरेर संविधान संशोधन गर्दा जनतामा राम्रो सन्देश जाँदैन ।
निर्वाचन प्रणाली कस्तो हुनुपर्छ ? 
–निर्वाचन प्रणाली आफैँमा खराब होइन । हामी अहिलेकै प्रत्यक्ष निर्वाचन प्रणालीमै जानुपर्छ । एद्यपी, कतिपय राजनीतिक दलले शत प्रतिशत समानुपातिकको कुरा पनि गरेका छन् ।  नेपालजस्तो देशमा शत प्रतिशत समानुपातिक निर्वाचन प्रणाली उपयुक्त हुँदैन । बरु १६५ को सङ्ख्यालाई घटाउन सकिन्छ । संविधान निर्माण गर्नुअघि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको विषय पनि उठेको थियो ।
व्यवस्थाप्रति भइरहेको टिका–टिपणीबारे तपाईँ के भन्नुहुन्छ ?
–नेपालमा फेरी राजतन्त्रको कुनै सम्भावना छैन । नेपाली जनताले राजतन्त्रको २४० वर्षको इतिहास पनि हेरिसकेका छन् । अहिले नेपालमा जुन राजनीतिक व्यवस्था छ, यो नै सर्बाेउत्तम व्यवस्था हो । जनताले भनेअनुसार दलहरुले कतिपय ठाउँमा राम्रो काम गरेका छैनन् होला त्यो बेग्लै पाटो भयो तर,  व्यवस्था नै ठिक भएन भन्ने होइन ।
जनताको अवस्थालाई कसरी हेर्नुभएको छ ?
–जनताको अवस्था राजतन्त्रमा जस्तो थियो, अहिले त्यस्तो छैन । राजाको पालामा देश जति गरिब थियो, त्यो गरिबी अहिले छैन । देशले विकासमा धेरै फ्डको मारेको छ । जनताको घर–घरमा यातायातको सुविधा छ । सडकको विकास भएको छ । सूचना, सञ्चार, प्रविधि र शिक्षालगायत अन्य धेरै क्षेत्रमा उत्तिकै विकास भएको छ । तर, राजतन्त्रको पालामा त्यस्तो थिएन । काम गर्दैजाँदा हामीबाट केही गल्ति पनि हुन सक्छ । हामीले सबै राम्रो गरेका छौँ पनि म भन्दिन । त्यो कमिकमजोरीलाई सच्याउँदै अगाडि बढियो भने जनतामा परेको नकारात्मक भावनालाई चिर्न सकिन्छ । त्यसको लागि दलहरुले आफ्नो गल्ती स्वीकार गर्नैपर्छ ।
युवा पलायन रोक्न के गर्न सकिन्छ ?
–युवा पलायन रोक्न बहुउद्देश्य योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । हाम्रो देशमा लगानी गर्न विदेशका उद्योगपतिलाई आह्वान गर्नुपर्छ । ३०÷४० वर्ष अगाडिको चाइना र अहिलेको चाइना हेर्दा धेरै फरक छ । भारतलाई हेरियो भनेपनि त्यहाँ संसारका व्यापारिको ओइरो छ । तर, हाम्रो देशमा उद्योगी व्यापारि किन आउँदैनन छ ? यो विषयमा हाम्रो कमिकमजोरी भएकै हो । त्यसैले कानुन संशोधन गरेर भएपनि विदेशी लगानीलाई भित्र्याउनुपर्छ । त्यसो गर्न सकियो भने नेपालमा कलकारखाना खोल्न सकिन्छ । कलकारखाना खोलेसँगै युवाले देशभित्रै रोजगारी पाउँछन् । देशको सम्भावनाको क्षेत्र पर्यटनमा हामीले ध्यान दिनुपर्छ । यो क्षेत्रलाई अझै व्यवस्थित गर्नुपर्छ । नेपालमा विद्युत्को त्यतिकै सम्भावना छ । जुन काम वर्तमान सरकारले गर्ने खोजेको छ त्यसको मोडालिटि पनि तयारी गरिरहेको छ । सरकारले युवालाई रोजगारी दिनुपर्छ । यदी रोजगारी दिन सकिएन भने उनीहरुलाई राज्यले सेवा÷सुविधा दिनुपर्छ । यदी विदेशै पठाउने हो भनेपनि कम्तिमा तालिममार्फत क्षमतावान बनाएर पठाउनुपर्छ ।
देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन के गर्नुपर्छ ?
–देशलाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषितर्फ ध्यान दिनुपर्छ । कृषिमा लगानी बढाउनुपर्छ । कृषिलाई हामीले आधुनिकिकरण गर्नै सकेका छैनौँ । सिँचाइको व्यवस्था गर्न सकेका छैनौँ । नेपालमा मल कारखाना खोल्नुपर्छ । सुविधाको हिसाबले हामीसँग विजुली र बाटोको विकास भएकै छ । जनकपुर चुरोट कारखाना, चिनी मिल र जुट मिललगायत देशैभरी बन्द भएका उद्योगलाई पुनःसञ्चालन गर्नुप¥यो । हामीले केन्द्रीकृत गरेर राखेको अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्छ । अहिले संसारले नेपाललाई पर्यटनको हिसावले केन्द्रमा राखेको छ । त्यसलाई अझै व्यवस्थित गर्नुपर्छ ।
सुशासन कायम गर्न के गर्न सकिन्छ ?
–अहिले राजनीतिक पार्टी र हामी नेता आत्मकेद्रित भएका छौँ । देशको विकासभन्दा पनि कसरी सरकारमा जाने भन्ने ध्यानमै छौँ । जनताप्रति उत्तरदायि हुनेभन्दा पनि आगामी चुनाव कसरी जित्ने भन्नेमै केन्द्रित छौँ । त्यसकारण सुशासन ल्याउन पहिला दलहरु सच्चिनुपर्छ । दल र दलका नेता पारदर्शी हुनुपर्छ । भ्रष्टाचारी जोसुकै भएपनि कानुन बमोजिम कारवाही गर्न सक्नुपर्छ । अर्को, सुशासन कायम गर्न जनतालाई सरकारले द्रूतगतिमा सेवा प्रवाह गर्नुपर्छ । चुनाव जितेपछि कम्तिमा पाँच वर्ष जनताको सेवा मात्रै गर्छु भन्ने संकल्प नेतामा हुनुपर्छ ।
ठूला राजनीतिक दललाई सुझाव के छ ?
–हामी सबै मिलेर राजतन्त्र फालेर गणतन्त्र ल्याऔँ, त्यसरी नै अब जनताको अवस्था परिवर्तनका लागि  दलहरु एकै ठाउँमा आउनुपर्छ । दलहरु मिलेर व्यवस्था त्याएपछि हामी आ–आफ्नो स्वार्थमा केन्द्रित भयौँ । पहिला सबै पार्टीका नेतृत्वले पार्टीगत स्वार्थ छोड्नुपर्छ । देशको विकासमा सबै दल एकै ठाउँमा उभिनुपर्ने अहिलेको आवश्यकता पनि हो । अहिले देशको अवस्था पुरै विग्रियो भन्ने होइन । तर, अझै राम्रो बनाउन दलहरु एक–अर्कालाई गाली गरेर होइन, मिलेर जानुपर्छ ।
जनतालाई दिएको प्रतिबद्दता कति पूरा गर्नुभयो ?
–हामीले देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर जनतालाई ठूलो–ठूलो आश्वासन दिएका छैनौँ । नेपाललाई स्वर्ग बनाइदिन्छौँ मैले भनेको थिइन । नेपाललाई संसारकै धनी देश बनाउँछु भनेर मैले चुनाव जितेको होइन । जनतालाई दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्छु भनेर थिएँ, जुन कार्यान्वयन गरिरहेको छु । सरकारले देशको आर्थिक अवस्थाअनुसार विकास काम गरेकै छ ।
जनतालाई तपाईँको सन्देश के छ ?
–देशमा राजनीतिक स्थिरताको लागि आगामी निर्वाचनमा कुनै एउटा पार्टीलाई बहुमत दिन म जनतालाई आह्वान गर्दछु । कुनै एउटा पार्टीले बहुमत ल्यायो भने उसले आफ्नो कार्यकालमा राम्रो काम गर्न सक्छ । यदी बहुमत पाएको पार्टीले जनताको बाचाअनुसार काम गरेन भने त्यसलाई अर्को निर्वाचनमा मत नदिनुहोस् भन्न चाहन्छु ।
—
Share This Article
Facebook Email Copy Link Print
Previous Article कैलाली कारागारमा कैदीको मृत्यु प्रकरणमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ
Next Article सरकारको प्रतिनिधित्व नभएपछि ‘रुलिङ; गर्न सांसदको माग

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

ओमानबाट चौथो उडानमार्फत १८० नेपाली स्वदेश फर्कँदै

57 years ago
बैतडी - BTDराजनीति

यी हुन् बैतडीमा चुनाव चिह्न प्राप्त गर्ने १० दल (सुचिसहित)

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !

57 years ago
चितवन - CTWमुख्य समाचारसमाज

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

1 year ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?