By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    30 minutes ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    1 hour ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    6 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    23 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चार वर्षे कार्यकाल : कोरोना कहरदेखि बुर्जुवा शिक्षासम्मको समीक्षा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > चार वर्षे कार्यकाल : कोरोना कहरदेखि बुर्जुवा शिक्षासम्मको समीक्षा
काठमाडौँ - KTMराजनीति

चार वर्षे कार्यकाल : कोरोना कहरदेखि बुर्जुवा शिक्षासम्मको समीक्षा

साझासवाल
Last updated: March 3, 2022 5:56 am
साझासवाल
5 Min Read
Share

फागुन १९, काठमाडौँ । राजनीतिक र कोरोना सङ्क्रमणका बीचमा पनि प्रत्यायोजित विधानका सम्बन्धमा मन्त्रालय र मातहतका निकायलाई अवगत गराउन, स्पष्ट पार्न, जागरुक र सचेत तुल्याउन सफल भएको दाबी गरिएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको चार वर्षे कार्यकालको बुधबारको समीक्षा बैठकमा सभापति रामनारायण बिडारीले सहायक कानुन बनाउने र लागू गर्ने सन्दर्भमा समितिका सुझाव, अडान र निर्देशन महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकार प्रत्यायोजितका  आधारमा बनाइका नियमावली, विनियमावली, निर्देशिका, कार्यविधि, निर्देशनजस्ता सहायक बनाएको १५ दिनभित्र संसद् सचिवालयमा पठाउन पर्ने तथा नपठाए लागू गर्न नपाइने बाध्यकारी व्यवस्थाले मुलुकमा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने सवालमा महत्वपूर्ण कदम हुनेछ ।”

प्रत्यायोजित अधिकारका नाममा व्यक्तिगत स्वार्थका लागि बनाइएका सहायक कानुनअर्थात् नियमावली, निर्देशिका, कार्यविधि, परिपत्रकै आधारमा सुशासनविपरीत र भ्रष्टाचारजन्य क्रियाकलाप हुँदैआएको समितिको ठम्याइ छ । समितिकै पहलमा प्रत्यायोजित विधायनको मस्यौदा अन्तिम चरणमा पुगेको छ । उक्त विधेयकको मस्यौदामा सहायक कानुन कसरी बनाउने तथा कस्तो बनाउन नपाइने भन्ने उल्लेख छ ।

नेपालमा संसद्बाट करिब २० प्रतिशत कानुन तर्जुमा हुुन्छ भने प्रत्यायोजित विधायनका आधारमा कार्यपालिकालगायत संवैधानिक निकायबाट ८० प्रतिशत कानुन निर्माण हुँदैआएको छ । पछिल्लो समय समितिले भन्दैआएको छ, “बनाइएको सहायक कानुन १५ दिनभित्र संसद्मा नपठाउने हो भने कि लागू गर्नुस् कि नबनाउनुस् ।”

राज्यका निकायले ऐन बनाएर काम गर्नुको साटो कार्यविधि र निर्देशिका आधारमा अर्बाैं अनुदान वितरण गर्दैआएको तथ्य फेला पारेपछि  समिति यस्तो निर्णयमा पुगेको हो । समितिको निर्देशनपछि सहायक कानुन बनाउने होडबाजी केही हदसम्म रोकिएको छ । विगतमा छलफलका लागि विधेयक प्राप्त भए पनि प्रकाशित ऐन उपलब्ध नभइरहेको अवस्था अन्त्य भई समितिकै पहलमा ‘पिजन होल’बाटै राजपत्र प्राप्त गर्ने विषयलाई पनि उपलब्धिकै रुपमा हेरेको छ ।

सभापति बिडारी भन्नुहुन्छ, “हाम्रो समितिका अधिकांश निर्देशन पालना भएको छ, हामी निर्देशन होइन, सुझाव धेरै दिन्छाँ, निर्देशन पालना नहुनु सरकारको मात्रै होइन, हाम्रो पनि दोष छ ।” दिगो विकास तथा सुशासन समिति सदस्य दिननाथ शर्माले ठूलो राजनीतिक उचाड तडाव र कोरोना सङ्क्रमणबीच चार वर्षमा सम्पादन गरेको कार्य गौरव गर्न लायक रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “कानुन निर्माण र जनसारोकारका उठाउनुपर्ने र कार्यान्वयन गर्नुपर्ने विषयलाई निष्ठा एवं सक्रियतापूर्वक अघि बढाइएको छ, यद्यपि  पछिल्ला दुई वर्ष भने राजनीति र कोरोनाले असर तुल्यायो ।” मुलुकमा २००८ सालदेखि तर्जूमा भएका कानुनको जङ्गल रहेको तथा सहायक कानुनको त लेखा जोखा नै नभएको अवस्थामा समिति त्यसलाई पर्गेल्दै व्यवस्थित तुल्याउने काममा क्रियाशील रहँदैआएका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सदस्य राधेश्याम अधिकारीले नयाँ कानुन निर्माण र अस्रल्ल सहायक कानुन व्यवस्थापनमा समितिको ठूलो मेहनत रहेको प्रतिक्रिया दिनुभयो ।  उहाँले भन्नुभयो, “समिति नेतृत्वको सक्रियता बिना प्रगति हासिल गर्न सम्भव थिएन, आगामी दिनमा कसरी काम गर्ने भन्ने ट्याक बसेको छ, अब कानुन निर्माणका माध्यमबाट मुलुकमा सुशासन श्रीवृद्धि गर्दै लैजान सजिलो हुनेछ ।”

समितिले चार वर्षको मुख्य उपलब्धि कम्पनी रजिष्ट्रारको कार्यालय, द्रुतमार्ग, श्रमिक कोरिया पठाउनेसम्बन्धी विषयमा भएको निर्देशन कार्यान्यनलाई लिएको छ । समितिले त्यसो त सार्वजनिक खरिद ऐन, सुक्खा बन्दरगाहमा असरल्ल अवस्थामा रहको रासायनिक मल, कुखुराका लागि दाना आयतलगायतका विषयलाई पनि प्रखररुपमा उठाएको थियो ।

राजनीतिक सङ्क्रमणको प्रभावबाट राष्ट्रियसभा पछिल्लो समय चल्न नसकेपछि ससदीय समितिबाटै आफ्ना कुरा राखी २० सदस्य चार वर्षे कार्यकाल पूरा गरी बिहीबारदेखि बिदा हुने क्रममा हुनुहुन्छ । समीक्षा बैठकमा सदस्य अधिकारीले भन्नुभयो, “संसदीय समितिले कानुन निर्माणमा देखिएको अल्झन र जनताको हितमा काम गर्ने सवालमा परेको गाँठो फुकाउनपर्छ, अन्यथा जनतामा निराशा पलाउँछ ।”

समिति सदस्य अगमकुमार वान्तवाले मुलुकको राजनीति वातावरणबाट उत्पन्न परिस्थितिअनुरुप समितिबाट भएका काम गर्व गर्न लायक भएको महसुस गरेको बताउनुभयो ।  समिति सदस्य शान्तिकुमारी अधिकारीले सहायक कानुन निर्माण, किसानसँग सम्बन्धित बीउबिजन, मलखाद, भूमिको  समुचित प्रयोगलगायतका विषयमा सक्रियतापूर्वक कुरा उठाएर समितिको ओज र महत्वलाई  प्रमाणित गर्न सफल भएको प्रतिक्रिया दिनुभयो ।

समिति सदस्य नैनकला ओझाले विगतमा विरुद्धको आन्दोलनमा पार्टीले बुर्जुवा होइन, पार्टी शिक्षा लिनुपर्छ भनेर प्रशिक्षण दिएकाले त्यसमा मात्र केन्द्रित हुदाँको परिणाम अहिले कानुन निर्माणमा रहदा विद्यार्थीको जस्तो भूमिका निर्वाह गरेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा बुर्जुवा शिक्षा लिएका भनिएका व्यक्तिले पढाउनुभएको छ, आफू विद्यार्थी झै सुनेर बस्न परेको छ, यद्यपि, समितिको नेतृत्वलगायत सबै सदस्यले पार्टीभन्दा माथि उठेर सहमतिकै आधारमा सवै विषय टुङ्ग्याएका छाँै ।” समिति सदस्य शेरबहादुर कुँवर केही सांसदको जोड बल र सक्रियतामा सत्तापक्षकै सांसदले विधेयकमाथि संशोधन गर्न सुरु भएको अभ्यासले लोकतन्त्रलाई बलियो तुल्याउने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “विदेशमा सांसदबाट व्यक्त विचार विश्व समुदायले सुन्छ र मनन गर्छ, तर यहाँ भने सरकार नै सुन्दैन, कस्तो अचम्म ।” कानुन तर्जुमाको जिम्मेवारी रहेकाले संसदीय समितिलाई थप प्रभावकारी तुल्याउन विषय विज्ञ जनशक्तिको आवश्यकता टड्कारो रुपमा महसुस गरिएको समीक्षामा जानकारी दिइयो । राष्ट्रियसभा मातहत चार समिति छन् । ती विभिन्न समितिमा रहने २० सदस्य चार वर्षे कार्यकाल पूरा गरी आजदेखि बिदा लिँदै हुनुहुन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article १० लाख आय भए मात्र भिजिट भिसामा विदेश जान पाउने व्यवस्था गर्न सिफारिस
Next Article अमेरिकाले सोमबार २०० सहित युक्रेनमा सयौं स्टिङर मिसाइलहरू पठायो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

57 years ago
काठमाडौँ - KTMविश्व

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

प्रचण्डलाई ओलीको नयाँ अफर

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेसियाको रोजगारी खुल्यो, पहिलो चरणमा कलिङ भिषा आएकाहरुले सोमबारदेखि श्रम स्वीकृति पाउने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?