2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता

चैत १३, खोटाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता भएका छन् । ३० वैसाखमा हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी दर्ता भएका हुन् ।

नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली पार्टी र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले बताए । 

निर्वाचन आयोगले आफ्नै निर्वाचन चिह्न लिनका लागि तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका १३ दलको जिल्ला स्तरको संगठनात्मक संरचना (जिल्ला समिति)बारे विवरण प्राप्त भएको  जनाएकाे छ । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने सूचना अधिकारी राईले बताए । 

निर्वाचनमा उठ्ने उम्मेद्‌वारलाई सोही दलको निर्वाचन चिह्न दिनका लागि राष्ट्रिय दल बाहेकका दललाई जिल्ला स्तरको संगठन संरचनाको विवरण ६ चैतभित्र पेस गर्न भनिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक