2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज देउवा र मोदीले चार परियोजना संयुक्त रुपमा उद्घाटन गर्ने

चैत १९, काठमाडौं । भारतको नयाँदिल्लीमा आज नेपाल–भारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्दैछन् । 

निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार मध्यान्ह साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न हुनेछ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नेछन् । 

बैठक सम्पन्न भएपछ दुवै देशका प्रधानमन्त्रीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम भने भर्चुअल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

संयुक्त रुपमा उद्घाटन गरिने परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् । 

हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोर्ट मार्फत यी परियोजनाको उद्घाटन गर्नेछन् । 

 

माथिको तस्वीरमा: तीनदिने औपचारिक भारत  भ्रमणको सिलसिलामा  प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का लगायतसँग शुक्रबार  नयाँदिल्लीमा भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर लगायतले शिष्टाचार भेटवार्ता गर्दै । तस्वीर: रोशन सापकोटा, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक