जेठ २, काठमाडौं | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले सोचेजस्तो परिणाम स्थानीय तहको निर्वाचनमा नआएको बताएका छन्।

मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले निर्वाचनको गम्भीर समीक्षा गरिने बताए।

‘हाम्रो सहकार्यको र गठबन्धनको समीक्षा गर्ने छौं। कहाँ राम्रो गर्यौं, कहाँ त्रुटी गर्यौं भनेर,’ उनले भने, ‘हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला। संख्यामा हिसाबले कतिपय ठाउँमा भएन।’

उनले आफ्नो पार्टीले कतिपय ठाउँमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए। ‘गठबन्धन दलले सहकार्य गर्न चाहेनन्,’ उनले भने, ‘यी सबैको समीक्षा गरेर आफ्नै शक्तिमा पार्टीलाई बलियो जगमा उभ्याउनुपर्नेछ।’