2026-10-15 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका यमनाथ दनै

जेठ ३, काठमाडौँ । ज्वालामुखी गाउँपालिकाका ७ वडा मध्ये ६ नम्वरसम्मको मत गणना सम्पन्न भई अन्तिम वडाको मतगणना जारी रहँदा ६ वडासम्मको मतको योगफल र गन्न बाँकी मतको आधारमा गाउँपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार यमनाथ दनै बिजयी हुने पक्का भई सकेको छ । मतगणना सम्पन्न भई बिजयी घोषणा हुन भने बाँकी छ । 

मत गणना जारी रहेको वडा नम्वर ७ बाट शुन्य मतनै पाए पनि दनैले गाउँपालिका अध्यक्ष पद जितिसकेका छन् । दनैले वडा नम्वर ६ सम्मको मतगणना जोड्दा ६८९४ मत पाएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका हरेराम लोहनीले ४७०६ मत पाएका छन् । दुई प्रतिष्पर्धीको मतको मतान्तर २१८८ रहेको छ । गाउँपालिकाको अब गन्न बाँकी वडा नम्वर ७ को पुरा खसेको मत २०१० मात्र रहेको अवस्थामा मतान्तर भन्दा अब गन्ने मत थोरै छ । यस अर्थमा वडा नम्वर ७ बाट शुन्य मत पाएपनि गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका यमनाथ दनै बिजयी भईसकेका छन् । गाउँपालिका प्रमुखमा उम्मेदवार कांग्रेसका यमनाथ दनै गठबन्धनको साझा उम्मेदवार हुन् । उनलाई कांग्रेस र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

तश्वीरमा: यामनाथ दनै । 

गाउँपालिकाको उपप्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्यालले ५४०६ मत पाएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार चन्द्र कुमारी अधिकारीले ३९८७ मत पाएकी छन् । उनीहरुबीच १४१९ मतको अन्तर छ । २०१० मत मात्र गन्न बाँकी छँदा १४१९ मतले अग्रता लिएका अर्याललाई नेकपा एमालेकी उम्मेदवार चन्द्र कुमारी अधिकारीले जित्ने सम्भावना निकै न्यून छ । 

त्यस्तै पालिका उपा-ध्यक्षमा माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी थापा मगर पराजित भई सकेकी छन् । उनले वडा नम्वर ६ सम्मको मत परिणामकै आधारमा १३०३ मत मात्र पाएकी छन् । 

ज्वालामुखी गाउँपालिकाको १ नम्वर वडा अध्यक्षमा नेकपा एमाले बिजयी हुँदा २, ३, ५ र ६ मा नेपाली कांग्रेस बिजयी भई सकेको छ । वडा नम्वर ४ मा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने