भदौ २८, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।

मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक 'पल पलको मृत्यु'को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन्।

प्रचण्डले जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे। अहिलेको अवस्था जे-जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए।

प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे।

आधुनिक नेपाल निर्माणमा जनयुद्दको महत्वलाई कसैले भूल्न नहुने उनको भनाइ छ। प्रचण्डले युद्दमा सहभागीहरूलाई जति शान्तिको महत्व अरूलाई नहुने पनि बताए।