2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजीव गान्धीको हत्यामा दोषी ठहर ६ जनालाई रिहा गर्न भारतको सर्वोच्च अदालतले दियो आदेश

कात्तिक २५, काठमाडौँ | भारतको सर्वोच्च अदालतले राजीव गान्धीको हत्यामा दोषी ठहर भएका ६ जनालाई रिहा गर्न आदेश दिएको छ। नलिनी श्रीहरण र आरपी रविचन्द्रनसहित जन्मकैदको सजाय पाँच ६ जनालाई रिहा गर्न आदेश दिइएको हो।

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको सन् १९९१ मे २१ मा तमिलनाडुमा आत्मघाती विस्फोट गरेर हत्या गरिएको थियो। श्रीलंकाली तमिल विद्रोही एलटीटीइको संलग्नता रहेको सो विस्फोटमा गान्धीसँगै अरुको पनि मृत्यु भएको थियो।


सुरुमा टाडा कोर्टले सन् २५ जनालाई मृत्यु दण्डको सजाय सुनाएको थियो। पछि सर्वोच्च अदालतले हत्या अभियोगमा सातजनालाई दोषी ठहर गर्दै १९ जनालाई सफाइ दिएको थियो। सन् १९९९ मा सर्वोच्चले चारजनालाई मृत्युदण्ड र तीनजनालाई जन्मकैदको फैसला सुनाएको थियो। सन् २००० मा नलिनीको मृत्युदण्डलाई अदालतले जन्मकैदमा परिवर्तन गरेको थियो। सन् २०१४ मा अन्य तीनजनाको सजायलाई पनि जन्मकैदमा रुपान्तरण गरेको थियो।

गत मे महिनामा सातजना मध्ये एजी पेरारिभलनलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको थियो। ३० वर्ष जेलमा रहेर रिहा भएका उनै पेरारिभलनको मुद्दालाई आधार बनाएर आजको फैसला आएको हो। सर्वोच्चले रिहा गर्न आदेश दिएकी नलिनी हाल 'पेरोल'मा छिन्। अर्थात उनी अदालतको आदेशबाट जेल बाहिर छिन्। उनैले सर्वोच्च अदालतमा छिटो रिहा हुन पाउँ भन्दै मुद्दा दर्ता गरेकी थिइन्। नलिनी भारतकै नागरिक हुन्। उनको विवाह एलटीटीइका मुरगण (शरिहरण) सँग भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक