2026-10-10 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

झारफुक गर्ने क्रममा झाँक्रीले अगुल्टो झोस्दा र्‍यापर हप्याकको मुख डढ्यो

कात्तिक २५, नवलपरासी | नवलपरासीको कावासोतीमा टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्‍यापर हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने  भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि हप्याक  घाइते भएका छन् । उक्त घटनाको भिडियो सार्वजनिक भएपछि अहिले पीडित र्‍यापरलाई न्याय दिनुपर्ने चौतर्फी माग उठेको छ । उक्त घटनापछि र्‍यापर हप्याक बोल्ने अवस्थामा छैनन् । उनको मुख डढेको छ । 

नेपहपको श्रीपेच रियालिटी शोले शुक्रबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको उक्त घटनाको भिडियोमा र्‍यापर हप्याकमाथि आगो झोस्नेदेखि कुटपिट गरिएको देख्न सकिन्छ ।

नेपहपको श्रीपेच रियालिटी शोले यातना दिने झाँक्री र अन्यलाई पक्राउ गर्नुपर्ने, पीडित र्‍यापरलाई उपचार गर्नुपर्ने माग गरेको छ । सामाजिक सञ्जालमा समेत पीडितलाई न्याय दिनुपर्ने माग उठिरहेको छ । साथै, दोषीलाई कारवाही गर्नुपर्ने माग हिपहप संगीत क्षेत्रले गरेको छ ।

नेपहपको श्रीपेचमा र्‍यापर हप्याक आफ्नो गायन शैलीबाट चर्चित थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध