2026-07-25 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ

 भदौ ११. (रासस /एएफपी)  । दक्षिणपश्चिम जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । 

सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै  ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

जापानको क्युशु प्रान्तको उत्तरीे भागमा पर्ने माथिल्लो स्थानमा सरकारले उच्च सर्तकताको चेतावनी दिनुको साथै सो  क्षेत्रहरुबाट करिब दश लाख मानिसहरूलाई सो स्थान छोड्न सल्लाह दिइएको छ ।

सरकारी अधिकारीहरूले दुई व्यक्तिको मृत्युको पुष्टि गरेका छन् । पश्चिमी सागा प्रान्तमा कारसहित बगाइएको  एक व्यक्ति शव फेला परेको थियो । फुकुओका प्रान्तमा एक कारबाट भाग्न खोज्दा भीषण बाढीमा फसेर अर्को एक व्यक्तिको मृत्यु भएको थियो ।  

यद्यपी सरकारका प्रवक्ता योशिहिडे सुगाका अनुसार तेस्रो व्यक्तिको पनि भीषण वर्षाबाट हृदयघातको कारण मृत्यु भएको छ । चिकित्सकद्वारा यस मृत्युको पुष्टि भए तापनि सरकारले पुष्टि गरेको छैन् । 

 बाढी, पहिरो र घरहरु डुबानमा परेको बाढीको कारण विभिन्न क्षेत्रहरु क्षति विवरण प्राप्त भएको भयता पनि अझै    बढी क्षतिको सम्भावना रहेको सुगा बताउनु भएको छ । 

स्थानीय अधिकारीहरु त्यहाँका बासिन्दाहरूको अवस्थालाई ध्यान राखेर सो स्थान छोड्न सल्लाह दिएका छन्  सरकारीको चेतावनीपछि आफ्नु घरवास छोड्नेहरुको लागि सरकारी आश्रयहरु उपलब्ध रहेको पनि सुगाले बताउनु भएको छ । 

अग्नी नियन्त्रण र प्रकोप व्यवस्थापन विभागका अनुसार यसअघि नै सागा र नागासाकी क्षेत्रहरुमा बाढीबाट घरहरु बगाएको विवरण प्राप्त भइसकेको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक