2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन भयो रवि लामिछानेको गाडीमा आक्रमण ?

कात्तिक २८, काठमाडौं | आइतबार अपराह्न साढे ३ बजेतिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको घरदैलो टोली चितवनको इच्छाकामना गाउँपालिका–४ मा घरदैलो सकेर मुग्लिनतिर आउँदै थियो ।

सत्ता गठबन्धनको घरदैलो टोली पनि मुग्लिनको सभा सकेर त्यही बाटो हुँदै फर्किँदै थियो । लामिछाने र सत्ता गठबन्धनको घरदैलो टोलीबीच लेवाटारमा जम्काभेट भयो ।


लामिछानेका सहयोगी प्रकाश सिग्देलका अनुसार दुवै टोली आमनेसामने भएपछि लामिछाने दुई/तीन सय मिटर अगाडि रोकिएर घरदैलो अभियानमा सरिक भए । उनका अनुसार त्यतिञ्जेल एउटा गाडी पछाडि नै थियो । त्यही बेला सत्ता गठबन्धनको एउटा समूहले विवाद गरेको उनी बताउँछन् ।

‘हामीले अगाडि गाडी रोकेपछि उहाँहरु पनि दुई/तीन सय मिटर अगाडि गएर रोक्नुभएछ, त्यसपछि केही मान्छेहरु आउनु भयो र आक्रमण गरेर भागेका हुन्’, सिग्देलले भने, ‘प्रहरीले पनि साथमै हुँदा सत्ता गठबन्धनका कार्यकर्ताले गाडीमा चढेर लात्ताले हानेर सिसा फुटाएका हुन् ।’

उनले राजनीतिक प्रतिष्पर्धाको विषयलाई लिएर आक्रमण गरिएको भन्दै आपत्ति जनाए । लामिछानेले पनि प्रहरीसमक्ष आफू असुरक्षित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक