2026-07-04 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लैंगिक हिंसाविरुद्ध डटेर लड्नुपर्छ: प्रधानमन्त्री

2018-01-25

माघ ११, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउबाले लैंगिक हिंसाविरुद्ध डटेर लड्न नारी नेत्रीहरूलाई आह्वान गर्नुभएको छ । साथी स्थापनाको २५ औँ वार्षिकोत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले  तिनै  तहका निर्वाचनबाट चुनिएका महिलाले प्राप्त गरेको स्थानले नेपाल महिला सशक्तीकरणका पक्षमा रहेको  उल्लेख गर्नुभयो |

उहाँले जनजाति, दलितलगायत सबै वर्गका महिलालाई राजनीति र विकासको मूल प्रवाहमा समाहित गरिएको बताउनुभयो ।  कुरीति र अव्यावहारिक सामाजिक संस्कारलाई तिलाञ्जलि दिँदै विभेद तथा हिंसाको दुष्चक्रबाट महिला तथा बालिकालाई जोगाउने उद्देश्यले २५ वर्षअघि स्थापित परोपकारी संस्था ‘साथी’ले छाउगोठ र दाइजोविनाको विवाह अभियानलाई निरन्तरता दिएको छ । 

उहाँले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले महिलाका हकअधिकार सुरक्षित गरेको छ, महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति सरकारले अपनाएको छ । ” त्यस अवसरमा प्रधानमन्त्रीले साथी स्थापनामा योगदान गर्नुभएका माधुरी राणा सिंह, आरजू राणा देउवा, प्रमदा शाह र वन्दना राणालाई सम्मान गर्नुभयो । 

संस्थाका अध्यक्ष उमाराज्यलक्ष्मी शाहले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी ६६ साझेदार संथाको सहयोगमा सञ्चालित भई महिला अधिकारको रक्षा र सशक्तीकरणसँगै घरेलु र लैंगिक हिंसाविरुद्ध कार्यरत साथीले महिलाविरुद्धका हिंसा, नयाँ कानून निर्माण, नीति तर्जुमा, आश्रयस्थल सञ्चालनलगायत नारी हकहितका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । 

पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष समूहका २२ प्रतिशत महिला शारीरिक हिंसा, सात प्रतिशत यौनहिंसा तथा २६ प्रतिशत विवाहिता श्रीमान्बाट प्रताडित हुने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै