2026-06-17 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालुवाटारबाट बाहिरिए ओली, के-के भयो कुराकानी ?

फागुन ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदाल दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

बिहीबार (आज) बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए । त्यसक्रममा प्रचण्ड-ओलीबीच मूलत: राष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते हुँदैछ ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर विभिन्न अड्कलबाजीसहितको प्रचारप्रसार हुन थालेपछि उनीहरूबीच भेट भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । ‘खासगरी उहाँहरूबीच फागुन २५ कै बारेमा कुराकानी भएको हो । विभिन्न अड्कजबाजीसहितको प्रचार हुन थालेपछि उहाँहरू बस्नुभएको हो,’ ती सदस्यले भने ।

फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । ओली त्यसका लागि प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) गठबन्धनबाट बाहिर नजाओस् भन्ने चाहन्छन् । उनी निरन्तर त्यही कसरतमा छन् । आजको बैठकमा ओलीसमक्ष प्रचण्डले राष्ट्रिय सहमति बनाएर राष्ट्रपति निर्वाचनमा जानुपर्ने तर्क गरेका छन्। पुस २६ गते कांग्रेससहित २ सय ६७  सांसद्बाट विश्वासको मत पाएपछि प्रचण्डको बोली फेरिएको छ। पछिल्लो समयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताइरहेको छ। एमाले नेताहरु भने एमालेको उम्मेदवार राष्ट्रपति बन्ने यस अगाडि नै सहमति भएको अभिव्यक्ति दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ