2026-10-05 08:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले संस्थापनको गोप्य योजना:विद्यालाई कार्यकर्तामाझ जानै नदिने नीति

काठमाडौँ | नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि राजनीतिक ध्रुवीकरण सुरु भएको छ। एमालेभित्र राजनीतिक ध्रुवीकरण सुरु भएपछि संस्थापन पक्षले दिनदिनै प्रधानमन्त्री निवास बालुवाटारमा छलफल थालेको छ।

आफूलाई अन्याय भएको भन्दै तल्लो तहसम्म जाने घोषणा गर्न लागेकी विद्यालाई पार्टी संस्थापन पक्षले सबैतिर अवरोध गर्ने भएको छ। कार्यकर्ताहरूको भौतिक उपस्थितिलाई रोकेर अवरोध गर्ने भएको हो। ‘उहाँ राष्ट्रपति कार्यकर्तामाझ जाने काम छैन, सम्मानित भएर बस्ने हो,’ संस्थापनन पक्षका एक पदाधिकारीले भने।

उता भण्डारी पक्षका नेताहरू पनि भंगालस्थित भण्डारी निवासमा छलफलमा दिनदिनै जुटिरहेका छन्। एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी पक्षले आजै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने छिन्। उनले आफू नेता, कार्यकर्ता र जनताको बीचमा जाने निर्णय गरेको जानकारी दिने भएकी छिन्।

उता संस्थापन पक्षले महासचिव शंकर पोखरेलको नेतृत्वमा बालुवाटारमा दिनहुँ छलफल गर्ने प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्दैशन दिने काम भैरहेको छ। बुधबार राति शंकर पोखरेसहितका उपलब्ध पदाधिकारी, प्रदेश इन्चार्ज, प्रदेश अध्यक्षसहितको बैठक बसेको थियो। सो बैठकबाट बिहीबार विहान ४ बजे मात्रै निस्केका थिए। उनीहरूले भण्डारीले आयोजना गर्ने कुनै पनि कार्यक्रममा कार्यकर्तालाई नपठाउन, कडा प्रतिवाद गर्न निर्दैशन दिएका छन्। ‘वैचारिक रूपमै प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ, संविधानको मर्म विपरित भएको भन्दै भण्डारीको अभियानलाई प्रतिवाद गर्न भनिएको छ,’ छलफलमा सहभागी एक नेताले जानकारी दिए।

साथै भण्डारीले सदस्यता नविकरणका लागि निर्वाचन आयोग र अदालतमा गए के गर्ने भन्ने विषयमा छलफल गरेको निकट स्रोतले जनाएको छ। पार्टीका नेता कार्यकर्ताहरूबीच अभियान लिएर जान लागेकी भण्डारीलाई कसरी रोक्ने भन्ने सम्बन्धमा संस्थापन पक्षले चरणबद्ध रूपमा मातहतका नेता कार्यकर्तालाई निर्दैशन दिने थालेको छ।

यता भण्डारील शुक्रबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै छिन्। उनले कार्की बैंक्युटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन्। सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै छिन्। उनले आफू एमालेमै रहने र एमालेकै नीति अनुरुप लोकतान्त्रिक विधि पद्धती तथा जनताको बहुदलीय जनवादलाई अक्षरस पालाना गर्ने बताउने भएकी छिन्। ‘उहाँले आफू एमाले नै भएको बताउनुहुनेछ,’ उनीसँग निकट रहेका एक नेताले भने।

पार्टीले सदस्यता रोकेपछि सञ्चार माध्यममा कुनै पनि टिप्पणी नगरेकी भण्डारीले आफू निकट रहेका नेता कार्यकर्ताहरूसँग छलफल गरेकी थिइन्। गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेपछि संस्थापन पक्षले राजनीतिक यात्रामा पूर्णविराम लागेको निष्कर्षसहित प्रचारबाजी गरिरहेको छ।

मंगलबार मध्यराति एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गर्दा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले हो हल्ला भएको र असहमति राख्ने अवस्था नभएको सार्वजनिक गरिसकेका छन्। उनले त्यहाँ नोटअफ डिसेण्ट लेख्ने तथा असहमति राख्ने वातावरण नभएको सार्वजनिक गरेका हुन्।

मंगलबार राति एमाले केन्द्रीय कमिटीले गरेको निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति राखेका थिए । उनीहरूले असहमतिमा पनि होहल्ला गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर