केही भुत प्रेतहरु बाटामा निक्लिँदैमा केही हुँदैन- प्रचण्ड

साझासवाल
1 Min Read

<p><b>फागुन २१, काठमाडौँ |</b> नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै केही भुत प्रेतहरु&nbsp; बाटामा निक्लिदैमा केही नहुने बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले केही भुत प्रेत निक्लिँदैमा इतिहास र त्यागको&nbsp; कीर्तिमान कायम गरेका महान सहिदहरु नसिद्धिने जिकिर गरे ।<br></p><p>‘सरकारको तर्फबाट जनयुद्ध जनआन्दोलनलाई र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र वेपत्ता योद्धाहरुलाई सम्मान गर्ने एकपछि अर्को गर्दै अघि बढेको छ’ प्रचण्डले भने, ‘त्यसमा प्रक्रियावादीहरु कहीँ न कहीँ आतंकित भएका छन् । तिनीहरु फेरि एकपटक माओवादीबाट तर्सिएका छन् । माओवादीका नाममा तथानाम गाली गजौज गर्ने</p><p>विभिन्न खालका षड्यन्त्र गर्ने बदनाम गर्दै छन् ।’ माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्नो तर्फबाट भ्रमहरु चिर्न प्रचण्डले सबैलाई आग्रह गरे । ‘प्रतिक्रियावादीहरु रणनीतिक भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने रणनीतिमा छन्, माओवादीले त्यसको भर्म चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने हो’ उनले भने, ‘माओवादी एक&nbsp; ठाउँमा उभिएर जनतालाई अपिल गर्ने, सहिद वेपत्ताको सपना र भावनाहरुलाई पुरा गर्ने संकल्प गर्ने हो भने त्यो विजयको दिन हुनेछ ।’</p>

Share This Article
Leave a Comment

Leave a Reply