२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार मुद्धमा बयान फेर्ने युवतीलाई एक वर्ष कैद

२०७९, २६ चैत्र आईतवार ०८:१८

चैत २६, रुकुम | बलात्कार मुद्दामा अदालतमा बयान फेर्ने रुकुम पश्चिमकी एक युवतीलाई जेल चलान गरिएको छ।  आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा मुद्दा दायर गरेकी युवतीले अदालतमा बयान फेरेपछि परिवर्तित नामथर वतन रुकुम (५४) राखिएकी ती युवतीलाई जिल्ला अदालत रुकुम पश्चिमले एक वर्ष कैद सजायका साथै एक हजार रुपैयाँ आर्थिक जरिवाना गरेको थियो।

प्रतिवादीलाई जोगाउन बयान बदलेको भन्दै रुकुम जिल्ला अदालतले २०७५ असार २० गते पीडित भनिएकी युवतीलाई एक महिना कैद र एक हजार जरिवानाको फैसला गरेको थियो। जिल्ला अदालतको उक्त फैसलालाई उच्च अदालत सुर्खेतले २०७५ फागुन ६ गते सदर गरेसँगै उनी फरार रहेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले फरार ती युवतीलाई चार वर्षपछि गत शुक्रबार पक्राउ गरेर रुकुम जिल्ला अदालतमा बुझाएको थियो। प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठले अदालतको आदेश अनुसार नै पक्राउ गरेर कारागार चलान गरिएको बताए। ती युवतीले २०७९ चैत्र २४ गतेदेखि २०८० बैशाख २३ गतेसम्म कैद भुक्तान गर्ने बताईएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै