2026-09-05 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

३४ सेकेन्डमा हराएको धाराली गाउँ:सेकेन्डमै माटोमा विलिन भयो सिङ्गै गाउँ

काठमाडौँ | भारतको उत्तराखण्डको सुन्दर धाराली गाउँ मात्र लेदोसहितको बाढीले ३४ सेकेन्डमै ध्वस्त भएको छ । माथिबाट एक्कासि आएको बाढीले क्षणभरमै गाउँ नै ध्वस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मंगलबार दिउँसो प्रकृतिले विनाशले खीर गंगा गाउँ केवल ३४ सेकेन्डमै पूर्ण रूपमा बगेको समाचारमा उल्लेख छ । घटनाका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा अनियन्त्रित वर्षाको पानी र पहाडबाट निस्केको भग्नावशेष गाउँतिर बगिरहेको देखिन्छ, जसले सबै कुरा नष्ट गरेको हो ।

अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता छन् । धेरै मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको समाचारमा उल्लेख छ । उद्धारको काम भैरहेको छ ।

धरालीसँगै हर्षिल र सुक्की क्षेत्रमा पनि भारी वर्षाको पुष्टि भएको छ। हर्षिलमा ८ देखि १० जना सेनाका कर्मचारी बेपत्ता रहेको बताइएको छ। प्रशासनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ।

धराली गाउँ देहरादुनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट केवल १८ किलोमिटर टाढा अवस्थित छ, जहाँ विगत दुई दिनदेखि निरन्तर भारी वर्षा भइरहेको छ ।

छ महिनाअघि पहाडको एक भाग खसेर खीरगंगा नदीमा अड्किएको थियो। सम्भवतः यसपटक त्यही अड्किएको भाग फुत्किएर नदीमा बाढी आएको र विनाश निम्त्याएको बताइएको छ ।

उत्तरकाशीका मानिसहरूले प्रायः भूकम्प, बाढी र पहिरो जस्ता प्रकोपहरूको सामना गरेका छन्। १७५० मा भारी वर्षाका कारण एउटा पहाड भत्किएर भागीरथीमा खसेको थियो । जसका कारण गाउँ डुबेर लगभग १४ किलोमिटर लामो ताल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल