यी खानेकुरा जसले छालालाई समय अगावै बुढो बनाइदिन्छ !

साझासवाल

काठमाडौँ | समय सँगै उमेर बढ्नु साधारण कुरा हो तर खानपिनका केही कुराका कारण समय अगावै बुढेसकालको लक्षण देखिन थाल्छ । आउनुहोस्, त्यस्ता खानेकुराबारे जानकारी लिऔं जसले उमेरै नपुगी बुढो बनाइदिन्छ । तसर्थ, यस्ता खानेकुराबाट टाढा हुनुपर्छ ।

१. तारेका खानेकुरा

तारेका खानेकुराले हाम्रो छालालाई असाध्यै हानी पुर्‍याउँछ । यसको सेवन असाध्यै कम गर्नुपर्छ । यसले छालालाई चिल्लोसमेत बनाउँछ, तसर्थ डन्डीफोर र चाउरीपनको रूपमा देखा पर्ने गर्छ ।

२. गुलियो खानेकुरा

गुलियो खानेकुरामा चिनी र कार्ब्स हुन्छन् जुन तपाईंको छाला र शरीरका लागि राम्रो हुँदैन । गुलियो खानेकुराले बुढ्यौलीको प्रक्रियालाई तेज बनाउँछ जसका कारण तपाईं समय अगावै बुढो देखिन थाल्नुहुन्छ ।

३. सोडा वा इनर्जी ड्रिङ्क

सोडा वा इनर्जी ड्रिङ्कले पनि उमेर बढाउने काम गर्छ किनभने यसमा धेरै नै चिनी हुन्छ ।

४. धूम्रपान र मद्यपान

धूम्रपान र मद्यपान पनि तपाईंको छालाका लागि खराब हो । यसले तपाईंको छालाको निखार तपाईंबाट खोस्ने गर्छ र विभिन्न समस्यालाई निम्तो दिन्छ ।

५. हाई फ्रुक्टोज कर्न सिरप

हाई फ्रुक्टोज कर्न सिरप सोडा र बजारको फ्रूड ड्रिङ्क्समा पाइन्छ । यसले शरीरलाई विभिन्न हानी पुर्याउाछ । हाई फ्रुक्टोज कर्न सिरपले शरीरमा कालेजन र इलास्टिन बन्नबाट रोकछ । यी दुबै चिजले छालालाई स्वस्थ बनाउँछ । हाई फ्रुक्टोज कर्न सिरपका कारण छाला रुखो हुन थाल्छ र अनुहारमा चाँडै नै बुढ्यौली देखिन थाल्छ । यसबाहेक यसले मधुमेश र मुटु रोगको खतरा पनि बढाउँछ ।

६. क्याफिन

क्याफिनले तपाईंको दिमागमा असर पार्छ । क्याफिनको अत्यधिक सेवनले बारम्बार बाथरुम जान आवश्यक पर्छ र यसका कारण डिहाइड्रेशन हुन थाल्छ । पानीको कमीका कारण छालाबाट टक्सिन निस्कन बन्द हुन्छ । यसका कारण छाला रुखो हुन थाल्छ र समय अगावै अनुहारमा चाउरी पर्न थाल्छ ।

७. फ्रोजन फूड

फ्रोजन फूडमा असाध्यै धेरै सोडियम हुन्छन् जुन मृगौलाका लागि राम्रो मानिँदैन । फ्रोजन फूडलाई ताजा राख्नका लागि स्टार्चको अत्यधिक प्रयोग गर्न गरिन्छ । यसका कारण मुटु रोग र मधुमेहको खतरा बढ्ने गर्छ । धेरै मात्रामा फ्रोजन फूड खाँदा तौल तीब्र गतीमा बढ्ने गर्छ ।

८. मार्जरिन

मार्जरिन अर्थात् नक्कली नौनीमा ट्रान्स फ्याट हुन्छ । यसले शरीरमा गुड कोलेस्ट्रोललाई कम गर्छ र ब्याड कोलेस्ट्रोललाई बढाउँछ । धेरै मार्जरिन खाँदा पूरा शरीर सुन्निने गर्छ । इन्फ्लेमेशनका कारण मुटुरोग र स्ट्रोकको खतरा बढ्ने गर्छ । यसले शरीरलाई उमेर अगावै बुढो बनाइदिन्छ ।

Leave a Comment

Leave a Reply