By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    36 minutes ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 hour ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    1 hour ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    2 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निरा हत्या प्रकरण : लुटपाटकै लागि हत्या गरेको आरोपितको प्रारम्भिक बयान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > निरा हत्या प्रकरण : लुटपाटकै लागि हत्या गरेको आरोपितको प्रारम्भिक बयान
समाज

निरा हत्या प्रकरण : लुटपाटकै लागि हत्या गरेको आरोपितको प्रारम्भिक बयान

साझासवाल
Last updated: April 30, 2023 5:35 am
साझासवाल
3 Min Read
Share

वैशाख १७, काठमाडौँ | गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको संलग्न विनोद विक शनिवार साँझ झापाबाट पक्राउ परेपछि हत्याको उद्देश्य लुटपाट नै रहेको खुलेको हो । 

गत वैशाख ७ गते अपराह्न निराको हत्या उनकै पसलमा भएको थियो । धारिलो चक्कु प्रयोग गरी करिब २० पटक आक्रमण गरी निराको हत्या गरिएको थियो । हत्या भएको ९ दिनपछि शुक्रबार राति मात्रै आरोपीको पहिचान भएको थियो । प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद भएको खुलेको थियो । 

त्यसलगत्तै प्रहरीले शनिवार बिहानै विनोद बस्ने गरेको काठमाडौँस्थित कोठामा छापा मारी हत्यामा समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको थियो । काठमाडौँबाट भागेर झापा पुगेका विकलाई प्रहरीले झापा नै पुगेर पक्राउ गरेको हो । 

घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो । सोही समितिले शुक्रबारदेखि अनुसन्धान तीव्र पारेको थियो । घटनामा विनोदको संलग्नता रहेको आशङ्कापछि प्रहरीले विनोदको खोजी गरेको थियो । सोही क्रममा विनोदको डेरामा पुगेको प्रहरीले डेराबाट रगत लागेको कपडासमेत बरामद गरेको प्रहरी स्रोतको दाबी छ । 

विनोदको संलग्नता पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)का दुई डीएसपी विनोदको खोजीमा शनिवार अपराह्न झापा गएका थिए । शनिवार नै विनोदलाई झापामा रहेको साथीको कोठामा लुकिबसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

घटनाको छानबिन गरी दोषी पत्ता लगाउने जिम्मा पाएको समितिका एक सदस्यका अनुसार आरोपितले आफ्नो अपराध कबुल गरिसकेका छन् । हत्याको अन्य कुनै कारण नभएर लुटपाटको उद्देश्यमात्रै रहेको प्रारम्भिक बयान दिएको पनि समितिका एक सदस्यले ई बताए । 

हत्यामा संलग्न भनी आरोपित गरिएका विक पहिले ठमेलको एक क्लबमा बाउन्सरको रूपमा काम गर्ने गरेको पत्ता लागेको छ । तर पछिल्लो समय उनी बेरोजगार रहेको र खर्चका लागि निराले घाँटीमा लगाएको सुनको सिक्री लगायत नगद लुटपाट गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा निराको हत्या नै गर्ने उद्देश्य नभए पनि लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि निराको हत्या गरी सुनको सिक्री लिएर भागेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले निराको सुनको सिक्री पनि बरामद गरिसकेको बताइएको छ ।- रातोपाटीबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article आज कतिमा हुँदै छ सुनचाँदी कारोबार ?
Next Article इलाममा टि टेस्टिङ, प्रतिकेजी रु १० हजारका दरले चिया बिक्री
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचारसमाज

प्रत्येक नेपालीको थाप्लोमा ९० हजार ऋण, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

1 year ago
काठमाडौँ - KTMसमाज

प्रेमीसँगको पहिलो रात…

57 years ago

नवलपरासी गैंडाकोटका युवक यसरी ठगिए, बिहेकै दिन गहना सहित प्रेमिका फरार

57 years ago
समाजसुर्खेत - SKT

बजेट कार्यन्वयनमा लाग्न निर्देशन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?