२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्वराजा लक्षित ओलीको टिप्पणी- मुसोले दुलोबाट हेरेझैँ व्यवस्थाविरुद्ध अनुकूल समय हेर्दैछन्

२०८०, १८ बैशाख सोमबार ०८:२७

वैशाख १८, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले पाएको उपलब्धिविरुद्ध अनेक खालका शक्तिहरू सल्बलाउन थालेको टिप्पणी गरेका छन्।

जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनता गम्भीर हुनुपर्ने अवस्था आएको बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै अनुकूल परिस्थिति आयो कि आएन भनेर दुलोबाट हेरिरहेको टिप्पणी गरे।

उनले थपे, ‘अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्र र जनताले पाएको उपलब्धिको विरुद्ध, अनेक प्रकारका तत्त्वहरू सक्रिय भएर सल्बलाउन थालेका छन्। कोही कोही दुलाबाट फुत्त निस्किउँला कि झैँ गरेर, मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि। अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्। नेपाली जनता सजक हुनुपर्छ।’

अहिलेको सरकार जनताले हटाउन नसकेपनि किन बसिरहेको छ ? भन्ने कुरा नै अचम्म लाग्दो भएको टिप्पणी गरे। आफूले सरकार छाडेको दुई वर्ष नपुग्दै देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाए।

यो सरकारले विकास निर्माण, सामाजिक निर्माणको काममा ध्यान नभएको बताए। अहिले कर्मचारीलाई तलब खुवाउन र सरकार छ भन्न बाहेक अरू केही नहुने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार