माघ १, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्यमा झरेको छ । 

जसका करण शनिबार चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । उपत्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्यमा झरेको छ । 

जसका करण शनिबार चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । उपत्यक"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूनतम तापक्रम शून्यमा झर्‍यो, जाडो अझै बढ्ने

२०७३, १ माघ शनिबार १०:०९

माघ १, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्यमा झरेको छ । 

जसका करण शनिबार चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । उपत्यकामा न्यूनतम तापक्रम घटेकाले यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ । अघिल्लो वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो । 

विन्टर सिजनकै क्रम भएकाले पनि बढी चिसो महसुस गरिएको मौसमविद् सुजन सुवेदीले राससलाई जानकारी दिए । सामान्यतः मङ्सिर, पुस र माघलाई विन्टर सिजन मानिन्छ ।

न्यूनतम तापक्रम घट्ने भएकाले अझै केहीदिन चिसो कायमै रहने मौसमविद् सुवेदीले बताए । उनका अनुसार पश्चिमी वायुको असरका कारण आज साँझदेखि देशको पश्चिमी क्षेत्रका पहाडी भेगमा सामान्य बद्ली हुनुका साथै एक-दुई स्थानमा हल्का बर्षात् हुने सम्भावना छ ।

अन्य पहाडी क्षेत्रमा पनि सामान्य बद्लीसँगै छिटफुट बर्षात् हुनेछ । तराई क्षेत्रमा भने कुनै असर देखिएको छैन । पश्चिमी वायुको प्रभाव आइतबारसम्म कायम रहने र क्रमश मौसममा सुधार  आउने महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता