पर्वत । स्थानीय शान्ति समिति पर्वतले शान्ति तथा पुर्ननिर्माण र शान्तिका लागि विकास कार्यक्रम अन्तरगत भएका कार्यक्रमहरुको अनुगम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय शान्ति समिति पर्वतले शान्ति तथा पुर्ननिर्माण र शान्तिका लागि विकास कार्यक्रम अन्तरगत भएका कार्यक्रमहरुको अनुगम"/>
2026-09-19 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शान्ति समितिको अनुगमन तिब्र

पर्वत । स्थानीय शान्ति समिति पर्वतले शान्ति तथा पुर्ननिर्माण र शान्तिका लागि विकास कार्यक्रम अन्तरगत भएका कार्यक्रमहरुको अनुगमनलाई तिब्र पारेको छ ।

पुर्ननिर्माण तथा पुनस्थापनासम्बन्धीका १८ र शान्तिका लागि विकास कार्यक्रम अन्तरगत चलिरहेका ४२ गरी कुल ६० वटा कार्यक्रमहरुको अनुगमन तिब्र रुपमा पारेको हो । स्थानीय शान्ति समितिले चार समुहमा कार्यविभाजन गरी अनुगमनलाई तिब्र पारेको स्थानीय शान्ति समितिका कार्यालय सचिव किशोर सुवेदीले जानकारी दिए ।

उनका अनुसार शान्ति समितिको संयोजक मनरुपा सुवेदीको नेतृत्वमा शंकरपोखरी मुडिकुवा साइट पुर्व संयोजक सोमलाल आचार्यको नेतृत्वमा कुश्मा नगरपालिका, बाबुराम कार्कीको नेतृत्वमा लेखफाँट धाइरिङसाइट, बैगुण्ठ गिरीको नेतृत्वमा ठूलीपोखरी, सिल्मी, पिपलटारी साइटमा अनुगमन भैराखेको उनले बताए । आर्थिक अभावका कारण ३४ भन्दा बढी कार्यक्रमहरुको अनुगमन तथा निरिक्षण गर्न नसकिने उनले बताए ।
संयोजक मनरुपा सुवेदीले मन्त्रालयबाट संचालन भएका कार्यक्रमहरुको बजेट दुरुपयोग नहोस र तोकिएकै मितिमा उक्त कार्यक्रम सम्पन्न होस् भन्ने उदेश्यका साथ अनुगमन गरिएको बताइन् । जिल्लामा मन्त्रालयबाट पुर्ननिर्माण हुदै गरेको देविस्थान वडा कार्यालयको भवनलाई बढी रकम विनियोजन भएको उनको तर्क छ । पूर्व संयोजकहरुको नेतृत्वमा अनुगमन चलिरहेको छ त्यहाँको अबस्थाको बारेमा अनुगमन पश्चयात रिपोर्ट आउँला तर हामीले गरेको अनुगमनमा काम भैराखेको र मन्त्रालयको मापदण्ड र नियमअनुसारनै काम अगाडि बढिरहेको पायौं उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ