By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    9 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    10 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    14 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?
समाज

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

साझासवाल
Last updated: May 5, 2023 8:17 am
साझासवाल
6 Min Read
Share

बैशाख २२, बेनी | धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युवावस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो । विदेशको विकासको समेत अनुभूति सँगाल्नुभएका उहाँले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताउनुभयो । 

जिल्लाको सबैभन्दा दुर्गम बस्तीका रुपमा परिचित गुर्जा जिल्लाको एक मात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो । विकासमा ओझेलमा परेको सो स्थानका स्थानीयवासीमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना गढेको छ । यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । प्रौढ र युवायुवतीहरु गुर्जादेखि पैदलयात्रा गरी सहजै गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम बेनी आवत–जावत गर्न सक्ने भए पनि बालबालिका र वृद्धवृद्धाहरुलाई भने यात्रा गर्न सहज छैन ।

“उमेरमा त सयौँ पटक ओहोर–दोहोर ग¥याँै, पहिले कतै पनि सडक थिएन, हामीले पनि आशा गर्ने कुरा भएन, अहिले गाउँपालिकाको केन्द्रबाट छिमेकी गाउँ लुलाङसम्म सडक आयो भन्ने सुनेका छौँ, हाम्रै पालामा गाउँमा मोटर आउँछ कि भन्ने भरोसा थपिएको छ”, गुर्जाका वृद्ध दलबहादुर छन्त्यालले भन्नुभयो । यातायातको पहुँच नपुगेको कारण यहाँ खाद्यान्न ढुवानीमा खच्चड र मानिसले नै सामान बोक्दै आएका छन् । लुलाङदेखि गुर्जासम्म खच्चडमा प्रतिकिलो सामान ढुवानीको रु २० लागत पर्छ । ढुवानी बढी लाग्ने भएकाले यहाँका स्थानीय महँगीको मारमा समेत छन् ।

खाद्यान्न लगायतको सामग्रीहरु खच्चडमा नै ढुवानी हुने र खच्चडले बोक्न नमिल्ने रड, जस्तापाता, पाइप लगायतका सामान मानिसले बोकेर लैजाने गरेको विगत एक दशकदेखि खच्चडमा सामान ढुवानी गराउँदै आउनुभएका युवा लोकबहादुर रसाइलीले जानकारी दिनुभयो । भारी वर्षा हुने बर्खा र हिमपात हुने हिउँदका केही महिना खच्चडलाई सामान बोकाउन नमिल्ने भएकाले उक्त समयमा गाउँमा खाद्यान्न लगायतका सामान ढुवानी ठप्प हुने गर्छ । 

सडक नपुगेको कारण स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउन सम्भव नहुने बिरामीहरुलाई डोको र पिठ्यूँमै बोकेर सदरमुकामको अस्पतालतर्फ लैजानुपर्ने बाध्यता रहेको स्थानीयवासी धनबहादुर छन्त्यालले बताउनुभयो । “सडक नहुँदा ठूलो समस्या छ, बिरामी हुँदा पैसा जोहो गर्न सक्नेले हेलिकप्टरमार्फत अस्पताल लैजाने गर्छन्, पैसा जुटाउन नसक्नेहरु कि घरमै थला परेर बस्नुपर्छ, कि त भने बोकेरै लैजानुपर्छ”, उहाँले भन्नुभयो । एक गाउँ एक वडाका रुपमा रहेको गुर्जामा दुई सय ७० घरधुरी रहेका छन् । दलित र छन्त्याल दुई समुदायको मात्रै बसोबास रहेको गुर्जामा तत्कालीन समयमा खानी खन्ने क्रममा बसोबास रहन गएको पाइन्छ । 

विगतमा गाउँपालिकाको केन्द्र मुनासम्म नै पैदलयात्रा गर्दै आएका गुर्जालीलाई यो वर्ष करिब साढे एक घन्टाको पैदलयात्रा छोटिएको छ । मुनादेखि खोरिया हुँदै वडा नं २ को लमसुङ पुगेको सडक लुलाङ गाउँसम्म पुगेको छ । लुलाङदेखि गुर्जा ६ देखि ८ घन्टाको पैदलयात्राको हो । सडक सञ्जाललाई गाउँसम्म नै पु¥याउने हरेक गुर्जालीको सपना बनेको छ । 

यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रु ४५ लाख बजेटबाट लुलाङसम्म सडकको ट्र्याक निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त बजेटमध्ये २० लाख बजेटबाट ट्र्याक निर्माण गरिएको हो भने अरू बजेट सडकको संरक्षणका लागि ग्याबिनजाली लगाउने, मेसिनरी पर्खाल बनाउने लगायतको क्षेत्रमा उपयोग गरिएको छ । लमसुङ गाउँको शिरमा भने पहिराको जोखिम कम गर्न एक सय २० मिटर सडक मानिसहरुले नै मेसिन नलगाईकन सडक खनेका हुन् । लमसुङदेखि लुलाङसम्म करिब दुई किलोमिटर दुई सय मिटर सडकको ट्र्याक निर्माण भएको छ । 

गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु ८० लाख बजेटबाट लुलाङदेखि गुर्जातर्फ सडकको ट्र्याक निर्माण गर्न परिचालन गरिने भएको छ । नयाँ ट्र्याकलाई स्तरीय बनाउने र गुर्जालाई सडक सञ्जालले जोड्ने योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताउनुभयो । “प्रदेशबाट आएको बजेटलाई पनि तत्काल कार्यान्वयनमा लैजान्छौँ, आगामी वर्ष गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत समेत पर्याप्त बजेटको व्यवस्थापन गर्नतर्फ अहिलेदेखि नै प्रयास थालेका छौँ, गुर्जामा सडकको पहुँच पु¥याउने पालिकाको पूर्वाधार योजनाको मुख्य प्राथमिकतामा छ”, उहाँले भन्नुभयो । 

लुलाङदेखि गुर्जासम्म सडक सञ्जालको ट्र्याक निर्माण गर्न करिब सात करोडको बजेट अनुमान गरिएको छ । सडकको दूरी छोट्याउन सुरुङमार्गको समेत सम्भाव्यता अध्ययन गरिएको भए पनि लागत बढी लाग्ने भएपछि सडकको ट्र्याक निर्माणलाई नै जोड दिएर योजना सञ्चालन गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । योजनाको डिपिआर तयार गर्दा लुलाङदेखि गुर्जासम्मको सडकको दूरी १६ किलोमिटर कायम हुने अनुमान छ । पहाडी भिर हुँदै करिब तीन हजार तीन सय मिटर उचाइको देउराली डाँडा भएर सडक निर्माण गर्नुपर्ने भएकाले सडक निर्माणमा लागत बढी र काम चुनौती पूर्ण मानिएको छ । 

लुलाङ–गुर्जा सडकलाई डोल्पाको दुनैसम्म जोड्ने गरी अघि सारिएको वडाअध्यक्ष छन्त्यालले बताउनुभयो । गुर्जाबाट रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका हुँदै डोल्पाको दुनैसम्म सडक विस्तार गर्न सकेमा कर्णाली–लुम्बिनी–गण्डकी–बागमती प्रदेश जोड्ने छोटो दूरीको राजमार्गकै रुपमा यसलाई विकास गर्न सकिने वडाअध्यक्ष छन्त्याल बताउनुहुन्छ । “गुर्जादेखि डोल्पासम्मको दूरी जम्मा ९० किलोमिटरको रहेको छ, समग्र काठमाडौँदेखि डोल्पासम्म पाँच सय किलोमिटरभन्दा छोटो पर्छ, यो सडक निर्माण गर्दा वातावरणीय रुपमा कम क्षति र पर्यटकीय दृष्टिकोणमा समेत उच्च लाभदायी बन्न सक्छ”, उहाँले भन्नुभयो । यो योजनालाई धवलागिरि गाउँपालिकाको गाउँसभाले समेत अपनत्व लिएर सङ्घीय र प्रदेश सरकारमा आवश्यक बजेटका लागि योजना माग गरिसकेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना
Next Article रास्वपा उपसभापति अर्याल भन्छन् : रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको छैन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कोशी प्रदेशझापा - JPप्रदेश समाचारमुख्य समाचारसमाज

झापामा ७५५ मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ

1 year ago
समाजसोलुखुम्बु - SLK

जिल्ला अस्पतालमा फोहरको डङ्गुर

57 years ago
समाज

६१४ किलो गाँजासहित चितवन र मकवानपुरबाट ५ जना पक्राउ

57 years ago
डडेलधुरा - DDLडोटी - DTसमाज

सैन्य अनुसन्धानमा धामीझाक्रीको प्रयोग, यातना सहन नसकी आत्महत्या

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?